कोरियामा नेपाल हाउस निशुल्क बनाइने..

सोल, जेष्ठ ५ - एनआरएन कोरियाले सञ्चालन गर्दै आएको 'नेपाल हाउस' निशुल्क बनाइने भएको छ । करिब एक करोड रुपैयाँ - १० करोड वन ) अक्षयकोष निर्माण गरेर त्यसबाट प्राप्त ब्याजले  निशुल्क रुपमा संचालन गर्ने योजना बनाइएको हो ।


अक्षयकोष स्थापनाका लागि  एनआरएन कोरिया अध्यक्ष विनोद कुँवरले ५० लाख, संरक्षक रुद्र शर्माले  १५ लाख, वमन फर वमनकी अध्यक्ष जुनु गुरुङले  १० लाख,  आईसीसी प्रतिनिधि केपी सिटौलाले  १० लाख,  पूर्व उपाध्यक्ष ध्यान राईले  १० लाख, आदिवासी जनजाती महासंघका अध्यक्ष  भक्त शेरचनले  ५ लाख, जनअधिकार मञ्चका अध्यक्ष दिपक पुनले ५ लाख वन सहयोग  प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

यसै बर्षभित्र अक्षयकोष निर्माण्ा गरिसकिने  अध्यक्ष कँुवरले लक्ष लिएका छन्  । यसका लागि आर्थिक सहयोग संकलन र आउदो चुसक पर्वमा सबै नेपालीको साझा सांस्कृतिक कार्यक्रम गरिने योजना बनाइएको छ । नेपाल हाउसलाई सोल महानगरपालिकामा दर्ता गर्न लागिएको र उल्लेख्य रुपमा आर्थिक सहयोग दिने दाताहरुको नाम शिलालेखमा अंकित गरिने पनि कँुवरले खुलाए । कोरिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले  यसको अवलोकन गरेका थिए ।

सोल वननामदोङमा रहेको उक्त हाउसलाई   नेपाल चिनाउने केन्द्रको रुपमा विकास गरिनेछ । यहाँ नेपाली कला, संस्कृति झल्कने समाग्रीहरु राखेर कोरियन  नागरिकहरुलाई नेपाल चिनाउने लक्ष राखिएको छ । एनआरएनको गतिबिधि प्रचारप्रसार गर्न वेभसाइट  समेत संचालनमा  ल्याइएको छ ।

साझा घरका रुपमा चिनिएको हाउसलाई अझ ब्यबस्थित रुपले संचालन गर्न अध्यक्ष  कुवंरको संयोजकत्वमा ११ सदस्यीय नयाँ व्यस्थापन समिति समेत गठन गरिएको छ । समितिमा भक्त शेरचन, ध्यान राई, दिनेश हिराचन, यम श्रीस मगर, चेतबहादुर बस्नेत, भरत तुलाचन, नबीन गुरुङ, नवराज सिवाकोटी, दीपक पुन, गोविन्द गाउँले र प्रेम शाह रहेका छन् । नेपाल हाउसको स्थापना सन् २०१० मा  गरिएको थियो । आपत विपतमा परेका नेपालीहरु न्यूनतम शुल्क तिरेर यहाँ बस्ने गरेका छन् । एनआरएनमा 'नेपाल हाउस' को अबधारण्ाा कोरियाबाट शुरु भएको हो । हाल बिभिन्न देशका एनआरएनले नेपाल हाउस अभियानका रुपमा संचालन गरेका छन् ।

,

news and entertainment