सन्नी लियोनीको ‘फोहोरी अवतार’ फेरि देखियो (भिडियोसहित)
एजेन्सी । सेक्स कमेडी फिल्म ‘मस्तीजादे’को टिजर रिलिज भएको छ । यसमा सन्नी लियोनीका ‘फोहोरी अवतार’ एकपटक फेरि दर्शकसामु आएको छ । फिल्मको सुटिङ अगस्टमा मात्र सुरु हुँदैछ । तर, फिल्म निर्माताले हाइप सिर्जना गर्नका लागि अहिले नै टिजर बनाएको हो ।
सन्नी लियोनीको नाम अहिले जेसुकै चीजमा पनि जोड्ने गरिन्छ । जसन चीजसँग सन्नीको नाम जोडिन्छ त्यो रातारात चर्चित हुने गरेको छ । यसै कुरालाई ध्यानमा राखेर सेक्स कमेडी ‘मस्तीजादे’ले सन्नीको क्रेज सुटिङ अघि नै बेचेको हो । रागिनी एमएमएस २ मा जस्तै बक्स अफिसलाई आफूतिर तान्नका लागि टिजर निकाले निर्माण पक्षले बताएको छ । केही दिनअघि यसै फिल्मले पोस्टर पनि सार्वजनिक गरेको थियो । हेर्नुहोस् भिडियो
