श्रीमतीले आफ्नै श्रीमानको अण्डकोस टोकीदिइन् !

नेपाल जापान डट कम सम्बाददाता-
केहि हप्ता अगाडि भारतको एक क्षेत्रमा नवदम्पतीबीच आपसी असमजदारीले उत्तपन्न विबादमा श्रीमतीले आफ्नै श्रीमानको लिङ्ग काटी दिएको घटना सेलाउन नपाउदै मध्य प्रधेशमा सामान्य झगडाको निहूँमा एक महिलाले आफ्नै पतिको लिंग टोकिदिएकी छिन् ।
Girl-Biting-Pepper
सत्ना जिल्लामा भएको उक्त घटनामा पतिको गोप्य अंगमा गम्भिर चोट लागेको छ र अहिले उनी अस्पतालमा भर्ना भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार ३० वर्षीय जितेन्द्र पटेल र उनी २७ वर्षीय उमा पटेलबीच मे ५ का दिन झगडा परेको थियो । पतिले दिएको बयान अनुसार बिहान भएको उक्त घटनामा जितेन्द्रले आफ्नो पत्नीलाई खाजा बनाउन अग्रह गर्दा सुनेको झैं नसुने गरी भान्छामा अन्य काम गर्दै बसेकी थिइन् ।
यसरी पत्नी बसेपछि जितेन्द्रले आफै किचनमा खाजा बनाउन छिरेका थिए । यसमा क्रुद्ध बनेकी उनकी पत्नी र उनीबीच झगडा परेको थियो । झगडा पर्ने क्रममा जितेन्द्रले लगाएको टावल फुस्केपछि उनकी पत्नीले अण्डकोसमा टोकेकी थिइन। तत्कालै त्यहाँबाट भागेर प्रहरीकोमा पुगेका जितेन्द्र शुरुमा आफ्नो बेइजती हुने भन्दै अस्पताल जान नमानेपनि पछि लिंगमा पिप जम्न र सुन्निन थालेपछि उनी अस्पताल भर्ना हुनुपरेको छ । प्रहरीले जितेन्द्रकी पत्नी उमाविरुद्ध ‘हत्याको प्रयास’ भन्दै मुद्दा दायर गर्ने तयारी भइरहेको बताएको छ |
भिडियो हेर्न तलको थिच्नुहोस

, ,

news and entertainment