मन्दिरमा कुमार केटा चढाउने परम्परा
२२ जेठ, काठमाडौं । २१औ सताब्दीसँगै बदलिदो परिवेसमा पौराणिक रुडीवादी परम्परा अझै पनि कायम छ। पञ्चकोशी तिर्थस्थलमध्ये सहायक स्थलको रुपमा दैलेखमा रहेको शिवमहादेव मन्दिरमा सन्तानका रोलक्रमअनुसार कुमार केटालाई चढाइने परम्मपरा रहि आएको छ।
कुमार केटाले १६ वर्ष पार वा परस्त्रीसँग सम्बन्ध नराखुन्जेल पुजाआजा र मन्दिरको हेरचाह गर्छन्। जसलाई स्थानीय भाषामा देउकेटा अर्थात देवतालाई चढाएको केटा भन्ने गरिन्छ।
५ सय वर्षभन्दा पहिलेदेखि केटा चढाउने प्रथा अझै कायमै रहेको छ। मन्दिरमा देउकेटाको रुपमा चन्द्रदेव गिरीले कुमार जीवन विताइरहेका छन्। आजको कमाण्डर पोस्टले खबर छापेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

