सैफ अली खान पुर्व पत्नीसँग डेटिङ गर्दै

काठमाण्डौ, १९ जेठ । बलिउडका चर्चीत नायक सैफ अली खान धेरैजसो आफ्नी कान्छी श्रीमति करिना कपुरसँग देखिने गरेका छन् । उनकी पुर्व श्रीमतिलाई लिएर उनको खासै चर्चा हुँदैन ।


सेफ अली खानले पुर्व पत्नी अमृता सिंहलाई रोमोन्टिक नाइटमा लिएर गएका छन् । अमृता र सैफसँगै बाहिर देखिन चाहादैनन् । सैफको फिल्मी करिअरलाई असर पर्ने भन्दै यि जोडीहरु बाहिर खासै नदेखिएको फिल्मी विश्लेषहरु बताउने गरेका छन् ।

सैफ र अमृताका दुईवटा बच्चा रहेका छन् । सैफको इटाली केटीसँगको अफयेरले अमृताले १३ वर्ष लामो वैवाहिक जिवन तोडेको फिल्मी विश्लेषकहरु बताउँछन् ।

आफ्नो स्वर्णिम फिल्मी करिअर छोडेर पुर्णत वैवाहिक जीवनमा समर्पित अमृताले किन सैफलाई छोडिन यो कुरा उनले खुलाएकी छैनन् । एक टक सो कार्यक्रम मार्फत सैफको डेटको प्रश्नमा उनले सैफको जिवनमा आफु नरहेको र उ जो सँग जान पनि सक्ने बताएकी थिइन् ।

उनले भनिन्,‘मेरा लागि बच्चाहरु सबैथोक हुन् । म उनीहरुको स्याहारमा ध्यान दिन्छु । अरुको कुरा मलाई थाहा छैन ।’ हाल सैफ करिनासँग आफ्नो जिवन बिताइ रहेका छन् ।

, ,

news and entertainment