मोदीलाई अमेरिकी राष्ट्रपति ओबामाको निम्तो
नयाँ दिल्ली, २२ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी सेप्टेम्बरमा अमेरिका भ्रमणमा जानुहुने समाचार छ ।
सो यात्राको क्रममा भारतीय प्रधानमन्त्रीको हैसियतले मोदीले पहिलो पटक अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेटवार्ता गर्नुहुने भारतीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएको छ । यी दुई नेताबीच द्विपक्षीय सम्बन्ध विस्तारको विषयमा वार्ता हुने बताइएको छ ।
गत महिना भारतीय प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका मोदीलाई राष्ट्रपति ओबामाको निमन्त्रणा स्वीकार गर्नुभएको दुई देशको सहमति सो वार्ताको एकिन मिति टुङ्गो लगाइने भारतीय सामाचार पत्र टाइम्स अफ इन्डियाले जनाएको छ ।
त्यसैगरी द हिन्दुस्तान टाइम्सले भारतीयतर्फबाट सो नेताबीचको वार्ता सेप्टेम्बर २६ का लागि तय गरिन अनुमान रहेको जनाएको छ ।
सोही दिन मोदीले संयुक्त राष्ट्र संघको महासभालाई समेत सम्बोधन गर्नुभएको जनाइएको छ ।
मोदी र ओबामाको सो एक दिने भेटवार्तामा विचाराधीन अवस्थामा रहेका सबै द्विपक्षीय मुद्दाको विषयमा छलफल हुने बताइएको छ ।
गत महिनामात्र नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई केहीसमय अघि गुजरातमा भएको जातीय हिंसामा मुख्यदर्शक भएर बसेको आरोपमा लामो समयसम्म अमेरिकी प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।
भारतीय प्रधानमन्त्रीमा मोदी नियुक्त हुनु भएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले बधाई ज्ञापन गर्नुका साथै अमेरिका आउन निमन्त्रण दिनुभएको थियो ।
सुरुमा भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले वासिङ्टनमा हुन लागेको यस छलफलको विषय टिप्पणी गर्न अस्वीकार गर्नुभएको थियो ।
तर पछि एक प्रेस विज्ञप्ति जारी गरी सो भ्रमणको जानकारी दिइएको समाचारमा उल्लेख छ ।
वासिङ्टन र नयाँदिल्लीबीचमा भारतीय कुटनीतिज्ञलाई प्रवेशआज्ञा कानुन उलङ्घन गरेको आरोपमा पक्राउ गरेपछि चिसोपन आएको थियो ।
रासस / एएफपी

