यौनकर्मीले बीच बाटोमै खेले फुटबल

एजेन्सी । विश्वकप फुटबललेले सारा विश्वलाई आकर्षित गरिरहेको बेला यौनकर्मी अर्थात् बेश्याहरुले पनि ब्राजिलमै फुटबल खेलेका छन् ।

ब्राजिली वेश्या तथा क्रिस्चियन धर्मवलम्बीको समूहले यौनकर्मीको अधिकारबारे चेतना जगाउने भन्दै बीच सडकमै फुटबल खेलेका हुन् ।

आइतबार ग्रीस र कोलम्बियाबीचको खेल सकिनेबित्तिकै उनीहरु सडकमा उत्रेर ट्राफिक कोनलाई गोलपोष्ट बनाएर फुटबल खेलेका हुन् । ब्राजिली राज्य मिनास जेराइसको यौनकर्मी संघले आयोजना गरेको सो सडक फुटबल खेल नांगो फुटबल क्लब नाम राखेपनि यौनकर्मी महिलाहरुले हरियो र पहेंलो जर्सी लगाएका थिए ।

सो संघले ब्राजिलमा विश्वकप हुँदा आफ्नो धन्दालाई बढावा दिँदै अवसरका रुपमा प्रयोग गरिरहेको छ । संघले विश्वकपमा यौन धन्दा चलाउन सहज बनाउनका लागि यौनकर्मीहरुलाई सित्तैमा अंग्रेजी भाषा समेत सिकाइएको थियो 

, , , ,

news and entertainment