गेम हारेपछि क्रिश्चियानो रोनाल्डो यसरि रोए !!
नारायण लुइटेल, काठमाडौँ, ३ असार । ब्राजिल विश्वकप फुटबल रोमञ्चक खेलका साथ विश्वभर चर्चाको विषय बनेको छ । सबैभन्दा धेरै चर्चा सोमबार रातीको जर्मनी र पोर्चुगलको खेलले पायो । आइतबार राती मेस्सीले गरेको उत्कृष्ठ गोलको चर्चाले सामाजिक सञ्जाल भरिएका थिए भने मंगलबार फुटबल स्टार क्रिश्चियानो रोनाल्डोको रुवाइले सामाजिक सञ्जाल भरि भए ।
सोमबार रातीको खेलमा थोमस मुलरले विश्वकप २०१४ मा पहिलो ह्याट्रिक गरेपछि जर्मनीले १० खेलाडीमा सिमित पोर्चुगललाई ४–० ले हरायो । यही हारले फुटबल स्टार क्रिश्चियानो रोनाल्डोका आँखाका आँसु विश्व फुटबल प्रेमीका आँखासम्म पुगे ।
२०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा सबैभन्दा बढी पाँच गोल गर्दै गोल्डेन बुट पाएका मुलरले नेपाली समय अनुृसार गएरातीको खेलमा ब्राजिलको एरेना फान्टे नोभा रंगशालामा ह्याट्रिक गर्दै विश्व फुटबल २०१४ मा चम्कीदा फुटबल स्टार क्रिश्चियानो रोनाल्डो भने रुदै थिए ।
ब्राजिल विश्वकपमा मुलरको ह्याट्रिक पहिलो हो । यो सँगै विश्वकपमा मुलरको व्व्यक्तिगत सात खेलमा आठ गोल पुगेको छ ।
सोमबार राती भएको रोचक खेलमा जर्मनीले मुलरको पेनाल्टी गोलबाट १२ औं मिनेटमा लिएको अग्रतालाई निरन्तरता दियो ।
मारियो गोट्जलाई जाओ परेराले डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बायर्न म्युनिख खेलाडी मुलरले गोल गरेका थिए । जर्मनीका लागि म्याट्स हुमेल्सले ३२ औं मिनेटमा दोस्रो गोल थप्दै टिमको अग्रता दोब्बर बनाउन सफल भए ।
जर्मनी र पोर्चुगलको प्रतिस्पर्धाको ३७ औँ मिनेटमा मुलरलाई फल गरेपछि पोर्चुगाली डिफेन्डर पेपेलाई रेफ्रीले सिधैँ रातो कार्ड थमाए । पेपेले रातो कार्ड पाएसँगै पोर्चुगल १० खेलाडीमा समिति भयो ।
खेलको पहिलो हाफ अघि थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा मुलरले व्व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरे भने खेलको ७८ औं मिनेटमा मुलरले जारी विश्वकपमा पहिलो ह्याट्रिक पूरा गर्दै जर्मनीका लागि चौथो गोल गरे र जित आफ्नो पक्षमा बनाए ।
फुटबल स्टार क्रिश्चियानो रोनाल्डो फिफा बर्ष खेलाडीलाई हेरेको हरै बनाएर जर्मनीले साहानदार जित सुनिश्चित गर्यो । पोर्चुगल क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा मैदानमा उत्रिएको टोली उपाधी दाबेदार जर्मनीसँग मैदानमा निरिह प्राय देखियो । जित सँगै जर्मन टिम समूह जी को शीर्ष स्थान जमाउन सफल भयो ।
फुटबल स्टार क्रिश्चियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल हारपछि लिगका बाँकी दुवै खेल जित्नै पर्ने दबाव बढेको छ ।
मंगलबार बिहान भएको समूह जी कै अन्य खेलमा इरान र नाइजेरिया बीचको खेल बराबरीमा टुंगियो भने अमेरिकाले घानालाई २–१ ले हराउँदै महत्वपूर्ण तनि अंक बटुलेको छ । अमेरिका र घाना बीचको खेल सुरु भएको ३७ औँ सेकेन्डमा क्लिन्ट डेम्पसीको गोलसँगै अमेरिकाले अग्रता लियो ।
मंगलबार बिहान खेल सुरु भएको ३२ औं सेकेन्डमा अमेरिकी फुटबल टिमका कप्तान डेम्सीले गोल गरेर अग्रता दिलाएका थिए ।
खेलको सुरुमै अग्रता लिएको अमेरिकाले खेलको ८१ मिनेटसम्म कुनै गोल गर्न नसक्दा खेलको ८२ औं मिनेटमा घानाका आयौंले अमेरिकालाई जवाफी गोल फर्काएका थिए ।
आयौँको गोलले बराबरी बनेको खेल चार मिनेट टिक्न नपाउदै अमेरिकाको लागि ब्रुक्सले ८६ औँ मिनेटमा घनामाथि अर्को गोल गरे । ब्रुक्सको गोल नै अमेरिकाको लागि विजयी गोल बन्यो र अमेरिकाले विश्वकप यात्रामा अर्को चरण प्रवेशका लागि सहज बाटोको निश्चित गर्यो ।
समूह जीमा अब जर्मनी र अमेरिकासँग तीनतीन अंक छ भने पोर्चुगल र घाना अंक बिहिन छन् ।
इरान र नाइजेरियाको बराबरी
यसैगरी, समूह एच अन्तर्गतको खेलमा एसियाली राष्ट्र इरानले अफ्रिकी च्याम्पियन नाइजेरियालाई बराबरीमा रोकेको छ । ब्राजिल विश्वकपमा यो पहिलो बराबरी हो । दुवै टोलिले गोल गर्न नसकेपछि १–१ अंक बाँडेका छन् ।
सोमबार राती भएको पोर्चुगल र जर्मनी बीचको खेल ४ शुन्य अन्तरलको हुँदा मंगलबार बिहान नेपाली समय अनुसार पौने १ बजे बाट शुरु भएको खेल बिना गोल बराबरीमा सकिएको हो ।
खेलको विभिन्न समयमा गोल गर्ने मौका इरानलाई मिले पनि गोल गर्न सकेन।
इरान र नाइजेरिया दुवैपक्ष्क्षले गोल गर्न नसके पनि खेल भने अन्तीम समयसम्म पनि निकै प्रतिपर्धात्मक थियो ।
यो समूहमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराउँदै तीन अंक हात पार्दै शीर्ष स्थानमा रहेको छ ।
मंगलबार राती र बुधबार बिहानका रोचक खेल
मंगलबार राती समूह एच अन्तर्गत बेल्जियम विरुद्ध अल्जेरिया र बुधबार बिहान रुस विरुद्ध दक्षिण कोरिया प्रतिस्पर्धा गरेपछि लिगको पहिलो चरण पुरा हुँदै छ ।
बेल्जियम र अल्जेरियाले आज राती पौने १० बजे ब्राजिलको बेलो होरिजोन्टमा प्रतिस्पर्धा गर्नेछन् । भोलिबिहान पौने ९ बजे हुने खेलमा एसियाली राष्ट्र दक्षिण कोरियाले कुएबाको एरिना पान्टानल रंगशालामा रसियाको सामना गर्ने छ ।
सन् २००२ मा सेमिफाइनलमा पुगेको कोरियाका लागि दोस्रो चरणको यात्रा तय गर्न यो निकै कठिन समूह हो ।
२००२ का कोरियाली टोलिका कप्तान रहेका होङ्ग म्युङ्ग बो अहिले कोरियाका प्रशिक्षक बनेका छन् तर उनका लागि अनुभवी रसियाका विरुद्धको खेल जित्नु फलामको चिउरा चपाउनु जस्तै हुन्छ ।
आज हुने दोस्रो चरणका खेल
मंगलबार राती ब्राजिल र मेक्सिको विरुद्धको खेलसँगै लिगको दोस्रंो चरणका खेलको समेत शुरुवात हुँदै छ। बुधबार बिहानको राती पौने १ बजे ब्राजिलको फोर्टालेजामा प्रतिस्पर्धा गर्ने छन् । समूह एका यी दुवै टोलिले आफ्नो पहिलो खेलमा जित हात पारेका छन् । आजको खेलको विजेताले दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गर्ने छ ।
पहिलो खेलमा ब्राजिलले क्रोएसियालाई २–१ ले हराएको थियो भने मेक्सिकोले क्यामरुनलाई १–०ले पछि पारेको थियो ।
मध्य अमेरिकी राष्ट्र मेक्सिकोलाई ब्राजिलले गएको बर्ष भएको प्रतिस्पर्धामा २–०ले हराएको थियो । उपाधी दाबेदार ब्राजिल आजको खेलमा स्पष्ट जित हात पार्दै आफ्नो दाबेदारीलाई अझ बलियो पार्ने प्रयासका लागि मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने सुरमा छ ।
विश्वकपको चर्चा सधैँ भइरहे पनि फिफा वर्ष खेलाडी फुटबल स्टार क्रिश्चियानो रोनाल्डोका आँसुले भने ब्राजिल विश्वकपलाई अझ चर्चित बनाएको छ । अझै हेर्न सुन्न र देख्न बाँकी नै छ कुन कुन स्टार खेलाडीका आँखाका आँसु विश्वका कुना कुनामा पुग्छन् र सामाजिक सञ्चालमा छ्याप्छ्याप्ती चर्चा पाउछन् ।
जसरी आज सबैले भन्दै छन् उनका आँखामा आँसु देखेपछि मलाई पोर्चुगलको भन्दा माया क्रिश्चियानो रोनाल्डोको लाग्यो त्यसरी नै अनि सबैले भन्ने छन् मलाई टिमको होइन चर्चित स्टारको माया लाग्यो ।