गाई गोठको छानामाथि चढेपछि...(तस्विर सहित)

गाई बस्तु जमिनमा चरेको त देख्नु भएकै होला तर घरको छानामाथि चढेको भने देख्न विरलै पाहिन्छ । त्यस्तै विरलै हुने घटना भएको छ स्वीट्जरल्याण्डको बर्नमा गाई गोठको छानामाथि चढेर त्यही फसेपछि किसान समस्यामा परे ।
cow-on-a-roof
गाई छानामाथि चढेपछि अन्य जनावर कराउन थाले भने उक्त गाई भने निश्चिन्त चिप्लो छानामा ओहोर दोहोर गर्दै थियो ।
गाई छानामा चढेको दृष्य हेर्न मानिसहरुको भिड नै लागेको थियो । यस्तो त कहिल्यै पनि देखेको थिइन- एक प्रत्यक्षदर्शीले भने ।
cow-on-a-roof 1
केहीबेर सम्म छानामा ओहोर दोहोर गरेको गाई दुहुने बेला भएपछि भने गोठमा फर्किएको थियो ।
गोठका मालिक ड्युटर मुलरले यो गाई अचम्मको रहेको बताए ।
छानाबाट झार्न अनेक प्रयास गर्दा नसकेको बताउँदै उनले गाई आफै नआएको भए आफ्नो केही उपाय नलाग्ने बताए ।
एजेन्सीको सहयोगमा ।

, ,

news and entertainment