बर्षमा करिब ३ करोड २० लाख रुपियाँ पर्ने औषधि के रोगको लागि रहेछ त ..?

संसारमा कतिपय यस्ता रोग छन् जो करोडौमा एक जनालाई मात्र हुने गर्छ । र, यस्ता रोगको उपचार पनि अत्यन्तै महंगो पर्छ ।

यस्तै रोगको सामना गरेकी छिन् स्कटल्याण्डकी लेसलीले । उनलाई बिरलै मानिसमा लाग्ने प्याराक्सिमल न्याक्टरनल हेमोग्लोबिनूरिया (पीएनएच) भन्ने रोग लागेको छ । यसका लागि उनले सोलिरिस नामको औषधि सेवन गर्नुपर्छ ।

उनले यो औषधिका लागि हरेक बर्ष करिब ३ करोड २० लाख रुपैयाँ खर्च गर्नुपर्छ ।

सोलिरिस संसारकै महँगो औषधि हो । निकै कम मानिसले प्रयोग गर्ने यस्ता औषधिलाई अर्फन ड्रग्स भनिन्छ ।

 लेसली यो रोगका कारण हिँड्न सक्दिनथिन् र उनलाई कपडा पनि अरूले लगाइदिनु पथ्र्यो । उनमा आफंै सुत्न नसक्ने जस्ता समस्या थिए ।

 तर औषधि निकै महँगो भएपनि उनले भने नयाँ जीवन पाएकी छिन् । सोलिरिस उत्पादन गर्ने कम्पनी एलिक्सनले औषधिको यो मूल्य उचित रहेको बताएको छ ।

कम्पनीका अनुसार यो औषधि उपलब्ध हुनुअघि नै एक तिहाई बिरामी रोग लागेको ५ बर्ष भित्र मर्ने गर्छन् । कम्पनीले औषधिको अनुसन्धानमा बढी खर्च लाग्ने भएकाले अर्फन ड्रग्स महँगो हुने बताएको छ । लेसलीले औषधि सेवन गरेपछि नयाँ जीवन पाएको बताएकी छिन् ।

 लेसलीसहित स्कटल्याण्डका अन्य ८ बिरामीलाई सरकारले यस्ता महँगा औषधि निशुल्क उपलब्ध गराएको छ । एजेन्सि

,

news and entertainment