प्रहरीलाई गलत सूचना दिँदा खोरमा
सिक्री लुटिएको भन्दै प्रहरीलाई गलत सूचना दिएर झुक्याउने व्यक्ति पक्राउ परेका छन्।
थापाथलीमा एक युवकले सिक्री लुटेर भागेको भन्दै प्रहरीलाई गलत सूचना दिने कुमार कार्की फक्राउ परेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
गत बुधबार उनले प्रहरी कन्ट्रोलको एक सय नम्बरमा फोन गरी बा.५५ प ३०४८ नम्बरको मोटरसाइकलमा सवार युवकले थापाथलीमा तीन तोलाको सुनको सिक्री लुटेर सिंहदरबारतर्फ भागेको बताएका थिए। तत्कालै सबै क्षेत्रमा प्रहरी परिचालन भइ सो मोटरसाइकलको खोजी सुरु गरेका थिए। तर, मोटरसाइकल कतै नभेटिएपछि सूचना दिने कार्कीलाई फोन गरिएकोमा उनले आफूलाई पनि अर्को व्यक्तिले भनेको भन्दै ढाँट्न खोजेका थिए।
उनले दिएको नम्बरमा फोन गर्दा आफूले त्यस्तो नबताएको बताएपछि प्रहरीले उनीमाथि शंका गरेको थियो। शंका लागि सिंहदरबार बृत्तका डिएसपी होमिन्द्र बोगटीले फोन गर्दा उनले सुरुमा आफु थापाथलीमै रहेको बताएका थिए।
प्रहरीका अनुसार डिएसपीले आफू त्यँही भएको बताउँदा कहिले पाटन त कहिले गौशाला रहेको बताए। महानगरीय प्रहरी अपराध महाशाखासमेत घटनाको अनुसन्धानमा लागिसकेको थियो। उनले ढाटेको हुनसक्ने भएकाले प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गर्यो।
पक्राउ गरेर सोधपुछ गर्दा उनले बा.५५ प ३०४८ नम्बरको मोटर साइकल चढ्ने व्यक्तिले आफुलाई ठगी गरेकाले उनलाई पक्राउ गर्न गलत सूचना दिएको बताएका थिए। सिंहदरबार बृतका डिएसपी बोगटीका अनुसार बैदेशिक रोजगारका क्रममा उनको सात लाख रुपियाँ ठगिएको रहेछ ।
सिक्रि लुटेर भागेको भनेपछि उपत्यकाभर प्रहरी परिचालन गरी उनलाई पक्राउ गर्ने भएकाले त्यस्तो उपाय अपनाएका थिए।
