नेयमारले आफ्नै साथीलाई किक हानेपछी
ब्राजिलले विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा मेक्सिकोको सामना गर्दैछ । क्रोएसियाविरुद्धको उद्घाटन खेलमा दुई गोल गरेपछि नेयमार स्टार बनेका छन् ।
तर, आइतबार उनले केहीबेर मात्र अभ्यास गरे । त्यसपछि उनले बाल्यकालको झल्को दिने गरी मोजाको बल खेले । लगतै मोजा मात्र लगाएर फ्री स्टाइल समेत देखाए । उनलाई फ्रेडले साथ दिएका थिए ।
निकै कम समय अभ्यास गरेका नेयमारले आफ्नो कराते स्किल भने देखाएका छन् । नेयमारले उफ्रिएर देब्रे गोडाले फ्रेण्डको ढाडमा हाने भने फ्रेड दुखेर कराएको जस्तो देखिन्थ्यो । यद्यपि नेयमार र फ्रेड निकै रिल्याक्स मुडमा थिए ।
मार्सेलोले त्यही शैलीमा नेयमारमाथि कराते किक हान्ने प्रयास गरेका थिए । यद्यपि ब्राजिलियन टोलीका सदस्यहरु ख्यालठट्टाका क्रममा एक अर्कालाई किक हानिरहेका थिए । ब्राजिलका खेलाडीहरुले सहकर्मी फ्रेडलाई खुट्टामा तानेर घिसारिरहेको दृश्य समेत कैद भएको छ ।

