ट्याक्टरले ब्याक गरेर बालक किचेर मार्यो
शम्भु यादव, असार १ लहान । सिरहाको खिरौना १ मा ट्याक्टरले किच्दा एक बच्चाको ज्यान गएको छ । खिरौना १ का फिरन पासमानको ६ वर्षीय छोरा तिलक पासमानको ज्यान गएको हो ।
गाउँमै बालुवा लिई जाँदै गर्दा तीव्र गतिका कारण साईकलमा रहेको पासमानलाई स १ त २८ नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
स्थानीय नीजि विद्यालयबाट घर फर्किंदै गर्दा ट्याक्टरले ठक्कर दिएको बालक सडकमा लडेको थियो । त्यही क्रममा ट्याक्टर चालकले ‘ब्याक’ गरी किचेको स्थानीयहरुले बताए । बालकको मृत्यु भएपछि चालक फरार भएको प्रहरीले जनाएको छ ।
ब्याक गरी किचेपछि बच्चाको घटानास्थलमै मृत्यु भएको थियो । बच्चाको मृत्यु भएपछि पासमानका परिवारजन र स्थानीयले ट्याक्टरमा आगलागी गरेको छ । आगलागी कारण ट्याक्टरको इन्जिन पूर्ण रुपले क्षति भएको प्रहरी निरीक्षक गी नारायण चौधरीले बताए ।
प्रहरीले त्यही क्रममा ३ राउण्ड अश्रु ग्याँस प्रहार गरी स्थिति आफ्नो नियन्त्रणमा लिएको उनले बताए । त्यस्तै आक्रोसित स्थानीयवासीले माडर–चोहर्वा सडक खण्ड अन्र्तगत खिरौनामा सडक अवरुद्ध गरेका थिए ।

