मृग मार्ने नेविसंघका नेता बस्नेत धरौटीमा रिहा

कांग्रेस सत्ता दुरुपयोग गर्दै संरक्षित वन्यजन्तु मार्ने कार्यकर्ता शुभराम बस्नेतसहित ६ जनालाई धरौटीमा थुनामुक्त गरिएको छ । कांग्रेसकै भागमा रहेको बन मन्त्रालयको आडमा उनीहरु शुक्रबार रिहा भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
जिल्ला बन कार्यालय धादिङले थप अनुसन्धानका लागि लिएको १० दिन म्याद सकिँदै उनीहरु रिहा भएका हुन् । कार्यालयले सोमबार पक्राउ परेका ६ जनालाई थप अनुसन्धान गर्न मंगलबार १० दिन म्याद थपेको थियो ।
बागलुङबाट काठमाडौं फर्कदै गरेका बस्नेतको समूहले धादिङ थाक्रेमा पृथ्वी राजमागसँगै जोडिएको सामुदायिक वनभित्र प्रवेश गरी मृग सिकार गरेका थिए । मारिएको मृग, हतियार र गाडीसहित फत्राउ परेका ६ जनालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २ अन्तर्गत कारबाही चलाउन सकिने भएपनि वन कार्यालयले दबाबमा परि दफा २६ (३) बमोजिम शुभरामलाई २८ हजार र अन्य पाँच जनालाई जनही २४ हजार रुपैयाँमा धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो 

, ,

news and entertainment