फुटबलका स्टार करोडपति


फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप ब्राजिलमा सुरु भइसकेको छ। यो सँगै फुटबल र त्यो सँग जोडिने स्टारहरुको चर्चा पनि उत्तिकै बढेको छ। विभिन्न सञ्चारमाध्यमले यही समय पारेर विश्वकप खेलिरहेका धनी खेलाडीको सूची तयार पारेको छ। आजको कान्तिपुरमा खबर छ।
फोर्ब्स र ऊलडटकम दुबैले २०१४ मा फुटबल खेलेर सबैभन्दा धेरै पैसा कमाउने सूचीको पहिलो नम्बरमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई राखेको छ। क्लब फुटबल रियलम्ड्रिडबाट खेल्ने क्रिस्टियानोको कुल सम्पत्ति २३ करोड डलर बराबर छ। २८ वर्षका रोनाल्डोको एक वर्षको कमाइ चार करोड चालिस लाख डलर बराबर छ।
यस्तै दोस् धनीमा लियोनल मेसी छन्। मेसीको सम्पत्ति १८ करोड डलर बराबर छ। उनको एक वर्षको आम्दानी ४ करोड १० लाख डलर छ। यस्तै तेस्रो धनीमा इंगल्याण्डका रुनी छन्। ९ करोड ५० लाख बराबर सम्पती भएको उनको वार्षिक कमाई २ करोड १० लाख डलर छ।
यस्तै चौथो नम्बरमा  आइभरी कोस्टका ड्रोग्वा छन्। उनको सम्पत्ति ९ करोड डलर छ। यस्तै क्यमरुनका स्टार खेलाडी स्यामुअल इटो धनी फुटबलरको पाँचौ नम्बर छन्। उनको सम्पत्ति ७ करोड ५० लाख रहेको छ। यस्तैखेल तथा विज्ञापनबाट धेरै कमाउनेमा ब्राजिलका नेमार पनि परेका छन्। उनको वार्षिक आय २० करोड डलर छ। जसमा तलबबाट १० करोड र विज्ञापनबाट १० करोडकै हाराहारीमा  कमाइ हुने देखिएको छ।

, ,

news and entertainment