फिफा वरितामा नेपाल ५ स्थान तल

फुुबलको सर्वोच्च निकाय फिफाले जारी गरेको जुन महिनाको वरियतामा नेपाल पाँच स्थान तल झर्दै १ सय ६४ औं स्थानमा पगेको छ । यसअघि नेपाल १ सय ५९ औं स्थानमा थियो ।
दक्षिण एसियाली देशहरुमा अफगानस्तान सबैभन्दा अगाडी १३० औं स्थानमा छ । यस्तै एएफसी च्यालेन्ज कपमा तेस्रो भएको माल्दिभ्स ६स्थान सुधार गर्दै भारतलाई पछि पार्दै १४७ औं स्थानमा उक्लेको छ भने ७ स्थान तल झरेको भारत १५४ औं स्थानमा छ । नेपाल समान अंक भएको पाकिस्तान पनि १६४ औं स्थानमा छ ।

बंगलादेश ५ स्थान तल झर्दै १६७ औं स्थानमा पुगेको छ भने ६स्थान नै तल झरेको श्रीलंका १७९ औं स्थानमा छ । भुटान कुनै परिवर्तन नभई २०७ औं स्थानमा कायम छ ।

विश्व विजेता स्पेन शिर्ष स्थानमा यथावत छ भने जर्मनी पनि दोस्रो स्थानमा कायम छ । एक हप्ता पछि विश्वकपको आयोजन गर्न लागेको ब्राजिल एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लेको छ भने पोर्चुगल चौथो स्थानमा झरेको छ । दुई स्थान सुधार गर्दै अर्जेन्टिना पाँचौ स्थानमा उक्लेको छ ।

यस्तै स्विट्जरल्याण्ड पनि दुई स्थान फड्को मार्दै छैटौ स्थानमा उक्लेको छ भने उरुग्वे र कोलम्विया क्रमश सातौ र आठौं स्थानमा छ । इटली नवौ स्थानमा कायम छ भने एक स्थान सुुधार गर्दै इंगल्याण्ड शिर्ष दशमा अटाउन सफल भएको छ ।

,

news and entertainment