अमेरिकामा एक जना अर्बपतिले समुद्रको किनारामा गाडेको धनमाल खोज्न मान्छेहरु ओइरिएका छन् । आफुले हर्मोसा तटीय क्षेत्रमा खजाना गाडेर लुकाएको भन्दै ती अर्बपतिले टि्वट गरेपछि सनप|mान्सिस्को देखि लस एन्जल्स सम्मका बासिन्दाहरु समुद्री तटमा झुम्मिएका छन् र बालुवा उधिन्दै गाडधन खोजिरहेका छन् ।
MONEY 2
आफुलाई अर्बपति दाबी गर्ने एक बेनामी व्यक्तिले शुक्रबार रात टि्वटरमार्फत आफुले बालुवामुनि धन गाडेको खुलासा गरेका थिए । उनको टि्वट सार्वजनिक भएसँगै हर्मोसा तटीय क्षेत्रमा राति देखि नै बालक, वृद्ध, प्रौढ सबै जम्मा हुन थाले ।
MONEY SEARCH
मानिसहरु यति धेरै जम्मा भए की पुलिसलाई नै नियन्त्रण गर्न कठीन भयो । मानिसहरुको भिडले ट्राफिक नै प्रभावित भयो । प्रहरीले सोसल मिडियामा फैलिएको यो अफवाहको अनुसन्धान गरिरहेको र यस्तो टि्वट गर्ने मानिसलाई खोजिरहेको जनाएको छ । मानिसहरु अहिले पनि फाट्टफुट्ट उक्त स्थानमा गएर बालुवा खोसि्रने गरेका छन् तर गाडधन भने फेला परेको छैन ।
अमेरिकामा गाडधनको हल्ला : समुद्री किनारमा तछाडमछाड
news and entertainment