शर्लिनले गरेको गालीको मूल्य पाँच करोड
शर्लिन चोपडा र कामसूत्र ३डीका निर्देशक रुपेश पालबीचको सम्बन्ध लगातार बिग्रदै गएको छ।
शर्लिनले ट्वीटरमा आफ्नो फलोअर्ससँग मिलेर रुपेशमाथि व्यापक गाली गरेकी छन् । उनले चलचित्रबाट अलग भइसकेकाले चलचित्रको प्रवर्द्धन नगर्ने बताएकी छन् ।
दोस्रोतर्फ रुपेशका अनुसार शर्लिनको काम पूरा भइसकेको छ । शर्लिनको गालीगलौजपूर्ण ट्वीटरबाट रुपेश निकै स्तब्ध भएका छन् । उनले कानुनी सूचना पठाएर अभद्र ट्वीट फिर्ता लिन भनेका छन् ।
.jpg)