फुटबल हेर्दै गर्दा आबेशमा प्रेम प्रस्ताव राखेपछि ....

एजेन्सी । अमेरिकी जोडीले सोमबार ब्राजिलको विश्वकप स्मरणीय बनाएका छन् ।

अमेरिकाले घानामाथि २(१ ले जित हात पारेपछि ती जेनिफर बुजान र निक ब्रुसिचले प्याराफिटमै प्रेम प्रस्ताव राखेका छन् । अमेरिकाबाट ब्राजिल आउँदा दुवै जोडी साथिका रुपमा थिए ।

अमेरिका र घानाबीचको खेल सकेपछि ब्रुसिचले प्रेमिका जेनिफरलाई जीवनसाथी बन्न प्रस्ताव राखे । ब्रुसिचले जेनिफरको हात समात्दै आफ्नोतर्फबाट पहिलो प्रस्ताव राखे । जेनिफरले खुसीको क्षणमा सहजै ब्रुसिचको प्रस्ताव स्वीकार गरिन् ।

एक महिनापछि यी जोडी विवाह बन्धनमा बाँधिनेछन् । एजेन्सीका अनुसार अर्जेन्टिना र बोस्निया हजैगोभिनाबीचको प्रतिस्पर्धामा पनि एक जोडीले यस्तै प्रस्ताव राखेका थिए ।

,

news and entertainment