प्रेमिका र श्रीमतीको मोहपासमा यसरि अल्झिए मधेशी नेताहरु!!!
राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा)का अध्यक्ष शरतसिह भण्डारीले प्रेमिकालाई सभासद बनाए । भण्डारी र उनकी प्रेमिका निर्जला राउत बारेको प्रेम प्रसङ्ग राष्ट्रिय मधेश समाजवादी पार्टीमा चर्चित छ । भण्डारीले राउतलाई रामसपाको संसदीय दलका नेता पनि बनाए । संविधानसभामा रामसपाले ३ सिट पाउने वित्तिकै कार्यकर्ताले निर्जलाको निश्चित छ, अरुको भन्न सकिदैन भन्दै निर्जलालाई उडाउने गर्थे, भयो पनि त्यस्तै । निर्जलाको विषयमा विवाद नै भएन, अरु व्यक्तिको विषयमा विवाद भयो । महासचिव रामेश्वर साहले पार्टी नै छोडे तर निर्जलालाई सभासद् बनाएको विषयमा उनले प्रश्न नै उठाएनन् ।
मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव पनि प्रेमिका रेणु यादवको कारणबाट विस्तारै एक्लिदै गएका छन् । तर रेणुलाई भने उनी छाड्नै चाहदैनन् । पछिल्लो सयममा फोरम नेपाल फेरि फुट्न लागेको छ । तर उपेन्द्र यादवलाई यसमा कुनै मतलब छैन । ‘रेणुले जे–जे भन्छिन्, उपेन्द्रले त्यही–त्यही गर्छन । अनि कसरी पार्टी जोगिन्छ ?’–फोरम नेपालका एक कार्यकर्ता भन्छन् । उपेन्द्र यादवबाट भरतबिमल यादव, अर्जुन थापा लगायतका नेताहरु टाढिदै जानु र अन्तिममा पार्टी नै छाड्नु पर्ने स्थिति आउनुमा रेणु यादवको मुख्य भूमिका रहेको फोरम नेपालका कार्यकर्ताहरु बताउ“छन् । खासगरी ०६४ सालको संविधानसभाको चुनाव यता उपेन्द्र र रेणु यादबको सम्बन्ध बाक्लिदै गएको फोरम नेपालका नेताहरु बताउँछन् ।
उपेन्द्र यादब परराष्ट्र मन्त्री हुँदा यादव र रेणुको प्रेम फस्टाएको फोरमका कार्यकर्ताहरु बताउँछन । रेणु सो पार्टीकी केन्द्रीय सदस्य हुन् ।
उपेन्द्र यादब परराष्ट्र मन्त्री हुँदा यादव र रेणुको प्रेम फस्टाएको फोरमका कार्यकर्ताहरु बताउँछन । रेणु सो पार्टीकी केन्द्रीय सदस्य हुन् ।
श्रीमतीलाई सभासद् बनाउने काममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि कम देखिएनन् । उनले शैलीदेवी महतोलाई सभासद् बनाएर अर्को ‘श्रीमतिभक्त मधेशी नेताको संस्कारलाई पछ्याएका छन् । संविधानसभामा सभासद् हुन धेरै महिला नेतृहरु आकांक्षी थिए, तर उनले श्रीमतीलाई नै सभासद् बनाए । शैलीदेवीको सद्भावना पार्टीमा कुनै भूमिका थिएन । युवतीमा मधेशी नेताहरु अलि बढी नै ‘क्रेजी’ र भुक्तभोगी रहेको मधेशी नेताहरु नै बताउँछन् ।
फोरम नेपालका अभिषेक प्रताप शाहले एक जना गिरी थरकी झापाली महिलालाई प्रेमिका बनाएर फ्ल्याटको भाडा समेत तिरिदिने गरको फोरम नेपालका कार्यकर्ताहरु चर्चा गर्छन । हाल मैतिदेवीमा डेरा गरी बसेकी ती युवतीलाई लोकतान्त्रिक फोरमका नेता मृगेन्द्रकुमार सिहले कुषि मन्त्री हुँदा स्वकीय सचिवालयमा नियुक्ति गरेका थिए ।
मधेशी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव आफ्नै श्रीमती सरिता यादवको मोहपासमा परेका छन् । श्रीमतीलाई सभासद बनाउन राजकिशोरसँगै संघीय सद्भावनाका अध्यक्ष अनिल झाले पनि श्रीमतीलाई सभासद् बनाएका छन् । आयुर्बेद अस्पतालमा काम गरिरहेकी डिम्पल झाले सभासद पद पाउने भए पछि जागिर छोडेको युनाइटेड पोष्ट साप्ताहिकले लखेको छ।
