रौतहट, असार ३–नेपाल प्रहरीले गाँउ गाँउमा चेतनामुलक कार्यक्रमको आयोजना सञ्चालन गरीरहेकै बेला रौतहट स्थित एक दलितबृद्धालाइ केही मानिसले बोक्सीको आरोपमा गम्भिररुपले कुटपिट गरेका प्रकासमा आएको छ ।
महिला हिंसास्थानिय लक्षमिनिया गाबिस वडा ७ का रामभरोस रामको ६० बर्षिया श्रीमती कन्चनरामलाइ छिमेकी बिपतराम सहित ७ जनाको समुहले बोक्सीको आरोपमा कुटपिट गरेको रहस्य खुलको होे । आमा कन्चनलाइ छुटयाउन गएकी २० बर्षिया छोरी रन्जुराम समेत गम्भिर चोटपटक लागेर हाल दुबैजनाको गरुडा स्थित हेल्थल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । २० बर्षिया बिवाहिता छोरी इन्दरिया रामलाइ तन्त्र,मन्त्र गरी बिरामी पारेको भन्दै गत शुक्रवार राती ११ बजे बिपत राम,उनका श्रीमती राधिका राम,छोरी चन्दा राम,छोरा सञ्जय राम,भाउजु सम्पतिया राम सहित ७ जनाको समुह मेरोघरको आंगनमा प्रवेशगरी बोक्सीभनेर तथानाम गालीगलौज गरीरहेको थियो ।
दैलोमा गालिगरेको हेरेर प्रतिवाद गर्नखोज्दा सो समुहले चुल्ठी समाती भुइमा लडाएर हातको मुडकी र लातीले कुटपिट गरेका थिए । समुह मध्येका सम्पतिया रामले मानव मुत्र ख्वाउन अग्रसरता देखाएको कारण घरभित्र पसेर ढोकाको चुकुल लगाइ ज्यान जोगाएको पिडित कन्चन रामले बताइन । मानव भएर आफुसंग अमानविय ब्यवहार गर्दा पनी छुटाउन कुनै छिमेकी नआएको पिडित रामले रुँदै बताइन । घरको आंगनमा गाली गलौज र होहल्ला हेरेर बाहिर निक्लेकी छोरी रन्जिुलाइ समेत उनीहरुले गम्भिररुपले कुटपिट गरेको उनले बताइन ।
पछिलो तिनबर्ष अघि गाँउकै एकजना मुसहरका बुहारी बिरामी परेदेखी आफुलाइ बोक्सी भएको भन्दै पिडकहरुले पटक पटक मान्सिक यातना दिदै आएका छन । सोही ताका देखी इन्दिरालाइ जादुटोना गरेर दिमाख बिगारेको भनेर बिपत रामका परिवारजनले पटक पटक दुबर््यवहार गदैआएको पिडित परिवारले जनाएको छ ।
शुक्रवार राती कुटाइखाएकी आमा छोरीको एकदिन स्थानिय स्तरमा र आइतवार देखी गरुडास्थित हेल्थल्याण्ड अस्पतालमा उपचार भइरहेको पिडितका श्रीमान रामभरोसी रामले बताए । डाक्टर राकेश चौधरीले कन्चनको स्वाश्थ्य अवस्था क्रमश सुधार भएको बताए । घटनाबारे आवशयक अनुसंधान तथा आरोपीको खोजीकार्य भइरहेको महिला तथा बालबालिका शेवाकेन्द्र गरुडाले जनाएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
बोक्सीको आरोपमा दलित बृद्धालाइ गम्भिर कुटपिट
news and entertainment