सहयोद्धाले नै किन त्यागे माधवलाई ?

काठमाडौं, जेठ १९ –हुन त विचार माधव नेपालको पहिचान होइन, उनको पहिचान गणितीय हिसाव किताव र त्यसका आधारमा आफ्नो भविश्यको सुनिश्चितता हो । त्यसैले माधव नेपालले पार्टीको नवौं महाधिवेशनमा आफ्नो सम्पूर्ण राजनीतिक जीवनको खण्डन गर्ने गरी घनश्याम भुसालहरुको प्रस्तावमा आँखा चिम्लेर आफुलाई समाहित गरे । नेपालले त्यसरी आँखा चिम्लेर घनश्याम भुसालहरुको जवज विरोधी सुक्ष्म अभियानमा साथ दिइरहेका बेला माधव नेपाललाई पार्टी स्थापनादेखि नै सहयोग गर्दै आएका उनका सहयोद्धाहरु, ईश्वर पोखरेल, प्रदीप नेपाल, मुकुन्द न्यौपाने, केशब बडाल लगायतले भने उनको साथ छोडेका छन् । अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्ने सभामा उनले घनश्याम भुसालले तयार गरेको पत्र वाचन गरे जसमा उनी स्वयंलाई नै विचारको विकास हुन नदिने खलपात्रका रुपमा उभ्याइको छ । तर, वरिष्ठ नेता नेपालले अध्यक्ष हुने लालसामा त्यसलाई वाचन गरे र भने ‘सैद्धान्तिक, राजनीतिक, सांगठनिक हिसावले नेतृत्व गर्न सक्ने सुझबुझ अध्ययन र संकल्पका साथ तपाईंहरु जसरी अगाडी आउनु भएको छ त्यसमा म सन्तोष र खुशी ब्यक्त गर्न चाहन्छु ।’ सो घोषणा सभामा उनका सहयोद्धा मानिएका पोखरेल, नेपाल र न्यौपाने मात्र होइन, अहिले पनि सहयोगी भनेर चिनिएका भरतमोहन अधिकारी, अमृत बोहोरासम्म उपस्थित भएनन् । नवौं महाधिवेशनको मस्यौदा समितिमा बहस हुँदासम्म घनश्याम भुसालहरुले मदन भण्डारीको निधनपछि जवज सिद्धान्त बन्न नसकेको र आफुहरु सिद्धान्त बनाउन मरिहत्ते गरेर वैचारिक बहसमा उत्रिएको वताएका थिए । मदन भण्डारीपछि पार्टीको नेतृत्व गर्ने पनि अरु कोही नभएर माधव नेपाल नै थिए र भुसालको सो प्रश्नले धेरै घोच्नु पर्ने माधव नेपाललाई नै थियो । तर, अध्यक्ष पदको लालसा सामु नेपाल यति गल्न पुगे कि उनी यतिबेला त्यसलाई बुझ पचाए झै गरिरहेका छन् । तीन पटक पार्टीको नेतृत्व र एक पटक प्रधानमन्त्री भइसकेर पनि अझै पदीय लालसाले गाँजेका नेपाललाई त्यही कारण एमालेको उद्गम संगठन को अर्डिनेशन केन्द्रदेखि नै सघाउँदै आएका उनका सहयोद्धाहरु उनलाई छाड्न वाध्यmadav-nepal-ummedwari-ghosa भए । एमाले महासचिव ईश्वर पोखरेल, पोलिटब्युरो सदस्य मुकुन्द न्यौपाने, प्रदीप नेपाल, केशब बडाल, भरतमोहन अधिकारी, वाचस्पति देवकोटा ,महेन्द्र पाण्डे लगायत नेताहरुले वर्षाैदेखि माधव नेपाललाई साथ दिंदै आएका नेता हुन् । तर, यतिवेला उनीहरु माधव नेपालको एकमात्र लक्ष्य पार्टी अध्यक्ष भएको र त्यसका लागि जवज विरोधी विसंगत विचारसँग आत्मसमर्पण गरेकाले टाढा भएका छन् । यद्यपि , जवजलाई सिद्धान्त नमान्ने घनश्याम भुसालहरुको प्रस्तावलाई एमाले केन्द्रीय कमिटीले फेल खुवाईदियो र जवजलाई मार्गदर्शक सिद्धान्त नै रहेको विचार पारित ग¥यो । यतिवेला घनश्यमभ भुसालहरुको पार्टी सिद्धान्त भनेको ‘केपी ओली विरामी छन्’ भन्ने मात्रै देखिएको छ । वैचारिक बहस भनि उनीहरुले राखेका कार्यक्रममा ओलीको स्वास्थ्यका विषयमा मात्रै कुरा हुन्छन् र गालीगलौजमा कार्यक्रम टुंगिन्छन् । घनश्यम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका माधव नेपालका आजका वरिष्ठ सहयोगीहरु पाँचौं महाधिवेशनमा जवको विरोधी कित्तामा खरो रुपमा उत्रेका थिए । आज उनीहरुले नै जवज सिद्धान्त होइन भनिरहेका छन् । जवजकै किस्तीमा राखेर १५ वर्ष पार्टी सत्ताको भोजन गरेका माधव नेपाल अध्यक्षको लालसामा त्यसमा समर्थन गरिरहेका छन् । पाँचौं महाधिवेशनको अन्त्यतिर जवजको पक्षमा पछि उभिन पुगेका माधव नेपाललाई त्यसको पक्षमा उभ्याउने भूमिका खेलेका प्रदीप नेपाल, मुकुन्द न्यौपाने लगायतका नेताहरु माधव नेपालको प्राविधिक चरित्रसँग हार खाएर अहिले नेतृत्व हस्तान्तरणको मुद्दामा एकजुट भएका छन् र केपी ओलीलाई अध्यक्ष बनाउनु पर्ने वताइरहेका छन् । ‘पटक पटक पार्टीको नेतृत्व गरिसकेकाले माधव र झलनाथलाई तपाईंहरु रहर नगर्नुस् नेतृत्व हस्तान्तरण गरौं र सर्बसम्मत गरौं भनेर प्रस्ताव राखेँ’ ४० वर्षदेखि नेपालको सहयोगी रहेका प्रदीप नेपालले भने, ‘तर, म छक्कै परेँ झलनाथले मान्नु भयो माधवले मान्नु भएन ।’ माधव नेपालको सिद्धान्तप्रतिको उदासीनता र प्राविधिक जोडघटाउवाट सिद्धान्तमा सम्झौता गर्ने चरित्रकै कारण नेपालका मुख्य सहयोगीहरु यसपटक उनको विपक्षमा उभिन पुगेका हुन् । यसपटक सहज नेतृत्व हस्तान्तरण गर्ने प्रयासमा नेपाल वाधक रहेपछि पोखरेल, नेपाल र न्यौपाने लगायतका नेताहरु ओलीलाई अध्यक्ष बनाउन सक्रिय रहेका हुन् । -Sehttp://www.ratopati.com/2014/06/02/134111.html#sthash.vxy12vVf.mEPKqyrx.dpuf

,

news and entertainment