हेलिकोप्टर दुर्घटनामा सोह्र बेपत्ता....

मस्को,  उत्तर–पश्चिम रसियामा शनिबार भएको एक हेलिकोप्टर दुर्घटनामा कम्तीमा १६ जना हराइरहेका आइतबार स्थानीय अधिकारीहरुले जनाएका छन् ।

सो हेलिकोप्टरमा प्रमुख क्षेत्रीय अधिकारीहरु र व्यापारिक यात्रुहरूले यात्रा गरिरहेका रसियाली प्रहरीस्रोतले जानकारी दिएको छ ।

सुुरुमा प्राप्त समाचार अनुसार मि– ८ हेलिकोप्टरमा पाँच जना चालकदलका सदस्यसहित १८ व्यक्ति सवार रहेका सो हेलिकोप्टर शनिबार दुर्गम उत्तर–पश्चिम इलाका मुर्मानस्क क्षेत्रमा दुर्घटना भएको प्रहरी महिला प्रवक्ताले बताएका छन् ।

हेलिकोप्टर निः सन्देह तालमा परेर दुर्घटनाग्रस्त भएको महिला प्रवक्ताले एएफपीलाई बताएका छन् । सो दुर्घटनामा दुई व्यक्ति घाइते भएका र अन्य १६ जना बेपत्ता रहेका पनि प्रवक्ताले प्रष्ट पारेका छन् ।

, ,

news and entertainment