रियो दि जेनेरियो, (एजेन्सी) । विश्वकपमा सुरक्षा चुस्त रहेको भन्ने आयोजकको दावीलाई चुनौति दिँदै ब्राजिलियन सुन्दरी ‘मिस बुमबुम’ले सुरक्षा घेरा तोड्ने प्रयास गरेकी छिन् । पोर्चुगलका स्टार स्ट्रईकर क्रिष्टियानो रोनाल्डोलाई भेट्न उनले घेरा तोड्ने प्रयास गरेकी हुन् । ब्राजिलमा सबैभन्दा सेक्सी महिला चुन्नका लागि भएको सौन्दर्य प्रतियोगिताकी सहभागी ‘मिस बुमबुम’ आन्द्रेस उराचलाई अभ्यासमा व्यस्त रोनाल्डोसम्म पुग्नै लाग्दा सुरक्षाकर्मीले मैदानबाट बाहिर निकालेका थिए । उराच पत्रकारको भेसमा माइक्रोफोन लिएर मैदान छिरेकी थिईन् । सुरक्षाकर्मीले बाहिर निकाले पछि ट्विट गर्दै उनले भनेकी छिन्, ‘म रोनाल्डोलाई शुभकामना दिन गएकी थिएँ, तर मलाई बाहिर निकालियो र मेरो प्रेस कार्ड पनि नियन्त्रणमा लिइएको छ ।’ उनले गत वर्ष ब्रिटिस पत्रिकासँग आफ्नालागि रोनाल्डोले प्रेमिकालाई छोड्न लागेको बताएर सनसनी मच्चाएकी थिईन् । सो समाचार सार्वजनिक भएपछि भड्किएका रोनाल्डोले तत्काल ट्विट गरेर, ‘आफ्नो निजी जिन्दगीमा खलल पुर्याउने यस अभिव्यक्तिप्रति आफू क्रुद्ध भएको बताएका थिए ।’ ब्राजिलियन टेलिभिजन सो की सहप्रस्तोता उराच विश्वकपका दौरान पनि रोनाल्डोको ध्यान आफूतर्फ खिच्न अनेक फण्डा गरिरहेकी छिन् । उनी अघिल्लो हप्ता निर्वस्त्र हुँदै सरीरमा रोनाल्डोको टी–सर्टमा भएको हरियो र रातो रंग पोतेर हातमा एउटा प्ले कार्ड बोकेको अवस्थामा देखिएकी थिईन् । जसमा ‘किसेस सी रोनाल्डो’ लेखिएको थियो ।
रोनाल्डोको ध्यान खिच्न रंग पोतेर निर्वस्त्र ब्राजिलियन सुन्दरी!!
news and entertainment
