राजेश हमाल पनि फाउन्डेसनतिर, राजनीतिमा पनि आउने
सेलिब्रटिहरुले सामाजिक संस्था खोलेर समाजसेवा गर्ने संस्कृति पश्चिममा पुरानै हो। नायिका रेखा थापाले केही समय अघि यसै गरिन्। हेर्नुहोस् समाचारमा-यसरी 'आमा' बनिन् रेखा थापा
ठूलै चर्चा र परिचर्चाका साथ लै मात्र बिहे सम्पन्न गरेका राजेश हमालले छिट्टै सोसल फाउन्डेसन खोल्ने जनाउ दिएको खबर आजको कान्तिपुरमा छापिएको छ।
नेपाली चलचित्रमा सफलतासाथ २५ वर्ष र आफ्नो ५० औ वर्षको जन्मदिन मनाउन अष्ट्रिलिया आएका उनले भविश्यमा आफ्नै समाजसेवामा लाग्ने बताए। 'अहिले नै मिती तोकेर त भन्न सक्दिन ।तर,निकट भविस्यमा समाज सेवा गर्नका लागि आफ्नै एउटा संस्था खोल्ने तयारी गरिरहेको छु।'
आफूले स्थापना गर्ने संस्था सस्तो प्रचारबाजीको लागि नभएर वास्तवमै नेपाली समाजमा केही योगदान दिने किसिमको हुने उनले दाबी गरे। हरेक सेलिब्रेटी जस्तैआफ्नो पनि समाजसेवा गर्नेचाहना रहेको रयसलाई मुर्त रुप दिन आफू लागि परेको उनले खुलाए।
'केही काम गरिन्छ भने दिगो रुपले सफलताका साथले गर्नुपर्छ भन्ने मैले बुझेको छु,' उनले भने, ' गर्नका लागि मात्र गर्ने किसिमले म कुनै पनि क्षेत्रमा आउन चाहन्न।' हमालले आफू राजनीतिमा आउने सम्भावनालाई पनि नकारेनन्।
