विश्वकपमा खेलाडीलाई सेक्सका लागि छानी छानी युवती !
काठमाडौं । ब्राजिलको साओ पाउलोमा बिहीबार राति विश्वकपको भव्य उद्घाटन भयो । विश्वकपको एक सेमिफाइनलसंगै यस सहरमा ६ वटा खेलहरु हुनेछन् ।
विश्वकप फुटबल जति चर्चामा छ, त्यति नै चर्चा त्यहाँ हुने सेक्स सम्बन्धि गतिबिधिको भइरहेको छ । सेक्सका लागि मात्र अहिले ब्राजिलमा विश्वभरबाट हजारौ युवतीहरु पुगेका छन् ।
तर विश्वकपको दौरानमा हुने यौन सम्बन्धलाई हेर्ने दृष्टिकोणमा भने प्रशिक्षक र खेलाडीहरुको समान धाराणा पाइदैन । यसपटकको विश्वकपमा कतिपय देशका प्रशिक्षकहरुले आफ्नी श्रीमती वा प्रेमिकालाई समेत लैजान अनुमति दिएका छैनन् भने कतिपयले यसलाई छुट दिएका छन् ।
अमेरिकी राष्ट्रिय टिमका प्रशिक्षक जुर्गेन क्लिन्सम्यानले प्रतियोगिताका दौरान खेलाडीलाई यौन सम्बन्ध राख्न छुट दिएका छन् भने पहिलो पटक विश्वकप खेल्न लागेको बोस्निया हर्जगोभिनाका प्रशिक्षक सेफट सुजिकले सेक्स गर्न कडा प्रतिबन्ध लगाएका छन् ।
यस्तै मेक्सिकोका प्रशिक्षक मिगेल हेरेराले भने आफ्ना खेलाडीहरुलाई संयमित हुन निर्देशन दिएका छन् । उनले त मेक्सिकाको एक पत्रिकालाई अन्तरवार्ता दिदै एक महिनासम्म सेक्स नगरी बस्न नसक्ने व्यक्ति व्यवसायिक खेलाडी हुन नसक्ने प्रतिक्रिया दिएका छन् ।
