जापानलाई पछि पार्दै चीनले बनायो सबैभन्दा पातलो कण्डोम

विभिन्न देशका कम्पनीबीच पातलो कण्डोम बनाउने प्रतिस्पर्धा चलिरहेको छ । यसै क्रममा विश्वका सबै देशका कम्पनीलाई पछि पार्दै चिनियाँ कम्पनीले सबैभन्दा पातलो कण्डोम बनाएको छ ।
चिनियाँ कम्पनीले सबैभन्दा पातलो लेटेक्स कण्डोम बनाएर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाएको  हो ।


चीनको गुआंगजौ डेमिङ युनाइटेड रवर कम्पनीले उक्त सबैभन्द पातलो कण्डोम बनाएको हो ।
गिनिज बुकका अनुसार चिनियाँ कम्पनीले बनाएको सबैभन्दा पातलो कण्डोमको मोटाइ केवल शून्य दशमलव ०३६मिलिमिटर मात्र रहेको छ ।
यस अघि सबैभन्दा पातलो बनाउने रेकर्ड जापानले राखेको थियो । जापानी कण्डोमको मोटाइ शुन्य दशमलव ०३८ मिलिमिटर थियो ।
कम्पनीका जनरल म्यानेजर भिक्टोर चेनले वर्षभरीमा २०० करोड कण्डोम बनाउने र ति सबै चीनमै बेच्ने योजना रहेको बताएका छन् ।

, ,

news and entertainment