जिउँदो कुखुराको मूल्य दुई सय ४० र तयार गरेको मासुको ३ सय ४० रुपैयाँ प्रतिकिलो

८ असार, काठमाडौँ ।
बेलाबेलामा बढ्दै र घट्दै आएको कखुराको मासुको मुल्य फेरी बढेको छ । गत बर्ष देशभर बर्डफ्लु संक्रमणका कारण उत्पादन भएका सबै कुखुरा सरकारले मारेपछि उत्पादन कम भएको र बजारमा मासु अभाव भएका कारण मुल्य बढाउनु परेको कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । कुखुरा बिक्री व्यवसायी संघ र कुखुरापालक किसानसंघबीच आइतबार भएको छलफल पछि आजैदेखिनै लागू हुने गरी मुल्य बढाइएको हो ।
khukhoro
सहमतिअनुसार साढे दुई केजीभन्दा माथि तौलको जिउँदो कुखुराको प्रतिकिलो मूल्य दुई सय ५० र तयारी मासुको मुल्य तीन सय ५५ रुपैयाँ पुर्‍याइएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो साल बर्ड फ्लुका कारण सबै कुखरा मरेसँगै उत्पादन दर अत्यन्तै न्युन भएका कारण मुल्य बढेको ब्यबसायी बताउँछन् । बढेको मुल्यसँगै अब कोल्ड स्टोरहरूमा ३ सय २० रुपैयाँ प्रतिकिलोमा उपभोक्ताले किन्नु पर्नेछ भने खुद्रामा ३ सय ५५ सम्म आउनेछ ।
jiudo khukhuro
यसअघि जिउँदो कुखुराको मूल्य दुई सय ४० र तयार गरेको मासुको ३ सय ४० रुपैयाँ प्रतिकिलो रहेको नेपाल पोल्ट्री व्यवसायी महासंघले जनाएको छ । गत भदौमा उपत्यकामा बर्डफ्लु महामारीको रुपमा फैलिएपछि सरकारले भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र नै घोषणा गरेपछि घटेको ब्यापार हालसम्म सुध्रिन सकेको छैन । गतबर्ष मुलुकभर करिब २० लाख कुखुरा नष्ट गरेका मध्ये भक्तपुरका मात्रै करिब १२ लाख कुखुरा थिए ।
मागअनुसार उत्पादन हुन नसकेपछि जिउँदो कुखुरा र मासुको मूल्य बढेको हो । बर्डफ्लु संक्रमणग्रस्त क्षेत्रमा ९० लिनसम्म कुखुरापालन गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण उपत्यकामा थप कुखुरा उत्पादनमा समस्या आएको हो । भक्तपुरको संक्रमणपूर्व उपत्यकामा दैनिक करिब साढे २ लाख मासु खपत भइरहेकोमा हाल २ लाखभन्दा कमै आपूर्ति भइरहेको छ ।

,

news and entertainment