प्रियंका भन्छिन आवेगमा फेसबुक स्टयाटस लेखें
१२ साउन, काठमाडौं :
नायिका प्रियंका कार्कीले चलचित्र पत्रकारलाई लक्षित गरी आफूले आवेगमा आएर फेसबुक स्टयाटस लेखेको प्रस्टीकरण दिएकी छिन् ।
केही सञ्चारमाध्यमले सार्वजनिक कार्यक्रममा उनको भित्री वस्त्र देखिएको भन्दै फोटो प्रकाशित गरेपछि उनले फेसबुमा स्टयाटस लेखेकी थिइन् । फोटोसप प्रयोग गरी आफूलाई बदनाम गर्न खोजिएको उनको आरोप थियो ।
प्रियंकाको आरोपले सम्पूर्ण प्रेसजगत्को मानमर्दन भएको भन्दै पत्रकार जीवन पराजुलीले चलचित्र पत्रकार संघसमक्ष प्रियंकालाई कारबाही गरी पाउँ भनी निवेदन दर्ता गरेका थिए । संघले प्रियंकाको धारणा माग गरेको थियो ।
प्रियंकाले सुरुमा आफूले आवेगमा आएर गालीगलोज गरे पनि पछि स्टयाटस ‘डिलिट’ गरी आत्मालोचना गरेको प्रस्टीकरण दिएको संघका महासचिव सन्दीप सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
