डनहरुले खरेल नभएको मौका पारि प्रहरीलाइ नै धम्कि, हाम्रो साथ् नदिनेको येस्तै हालत हुन्छ रे !!!

२ असार, काठमाडौं ।
एआईजी बढुवामा व्रिफकेसको चलखले भएको सार्वजनिक अभिव्यक्ति दिएका एसएसपी रमेश खरेल हेटक्वार्टले स्पष्टिकरण लिएपछि एक महिने विदामा छन् । महानगरीय प्रहरी परिसरका प्रमुख बनेर तीन महिना अघि हनुमान ढोकामा आएका एसएसपी खरेल थोरै समयमा चर्चामा आएका व्यक्ति हुन् । खरलेले राजधानीमा हुने आपराधिक घटनामा नियन्त्रण गरेको भन्दै नगरवासीको मन जितेका थिए । एक कार्यक्रममा एआइजी बढुवामा ब्रिफकेसको चलखले भएको भन्ने अभिव्यक्तिलाई गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा हंगमा मात्र मच्चाएका खरेलको सरुवा नै गर्यो । खरेल नभएपछि राजधानीमा एकाएक डनहरुको पुरानो धन्दा सुरु भएको छ । राजनीतिक दलको नेताको आडनमा हप्ता असुली, डर धम्की देखाएर कानुनै हातमा लिने काम सुरु भएको छ ।

खरेल नभएपछि डनहरुको मस्ती

एसएसपी रमेश खरेण्ल विवादमा बसे लगत्तै राजधानीमा गुण्डागर्दी बढेको छ । राजधानीमा विभिन्न अपराधमा संलग्नहरुलाई पक्राउ गरेर चर्चामा आएका खरेल नभएको मौका छोप्दै अपराधिक क्रियाकलापमा संलग्न नभएकाहरु विस्तारै आफ्ने धन्दा चलाउन चालेको बताइएको छ । एक प्रहरी अधिकृतका अनुसार नेताको आडमा चलेका कतिपय डनहरुले त रमेश खरेल ठूलो कि हामी ठुलो रहेछौ देख्यो ? भनेर प्रहरी समक्ष भन्ने गरेका छन् । ‘खरेल दुई दिनको पाहुना थियो पाहुना त भलादमी हुनुपर्ने उग्र थियो त्यही भएर छिटै गयो, उग्र हुनेका यस्तै हालत हुन्छ’ ती अधिकृतले थपे,‘कसैले भनेको नर्टेनेहरुको यस्तै हाल हुन्छ भनेर धम्की पो दिन थालेका छन् ।’
हप्ता असुली गर्ने, ठेक्का पट्टामा दादागिरी देखाउने पेसेवर डनहरुले आफ्नो व्यवसाय सुरु गरेपनि प्रहरीले कुनै पनि कारवाही अगाडि बढाउन नसकेको स्रोतले बतायो । राम्रो काम गर्ने मान्छेलाई मनोवैज्ञानिक रुपमा उत्साह मार्ने काम भएपछि तल्लो तहका कर्मचारीको मनोबल घढेको छ, स्रोतले भन्यो ।

आलोचक भन्छन्ः बामदेवलाई हाइसन्चो

सार्वजनिक रुपमै एसएसपी रमेश खरेलले आफूलाई भेटन नआएको अभिव्यक्ति दिदा पनि भेटन नआएको बताएका गृह मन्त्री वामदेव गौतम  खरेलको कमजारी पत्ता लगाएर सरुवा गर्ने योजनामा रहेको आलोचकहरु बताउँछन् । प्रहरीको चेन अफ कमाण्ड अन्तर्गत अभिव्यक्ति दिएको भनाईलाई आधार मान्दै काठमाडौं प्रमुखबाट उनी हटाइएका थिए । तर निर्वाचन आयोगले नहटाउन निर्देशन दिएपछि गृह मन्त्री खुम्चिएको बताइन्छ । जसरी पनि हटाउने नै योजना बनाएपछि हेटक्वाटरले स्पष्टीकरण लिने भन्दै खरेलमाथि अनुसन्धान गरेको थियो । डनलाई तह लगाउने बताउँदै आएका गृहमन्त्री गौतमले आफ्नो पक्षमा आउनेलाई संरक्षण गर्ने र नआउनेलाई पक्राउ गरेर कारवाही गर्ने योजना बनाएको समेत आलोचकको भनाइ छ । खरेलले राजनीतिक दबावमा परेर पक्राउ परेका आफ्ना कार्यकर्ता नछोडेको भन्दै कांग्रेस एमालेका नेताहरु रुष्ट बन्दै आएको बताइन्छ ।
via nepaliheadlines भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
 

0 COMMENTS

Write Down Your Responses


, ,

news and entertainment