भट्टराईलाई फकाउन दाहाल असमर्थ
पार्टी एकतातिरभन्दा अन्य दलहरुसंग कार्यगठत एकता गरेर आफूलाई शक्तिशाली बनाउन लागिपरेकै बेला आइतबार बिराटनगर सम्मेलनमा भट्टराई पक्षलाई जिताइएको पद स्वीकार गर्न गरिएको आग्रह अस्वीकार गरेका छन् ।
अध्यक्ष दाहाल डा। बाबुराम भट्टराईलाई मनाउन अनेक प्रयासमा लागेको देखिए पनि उहाँका गतिविधिले विश्वस्त हुने आधार तयार नपारेको र विश्वास गर्न सकिने अवस्था पनि नभएको भट्टराई पक्षका नेताहरु बताउँछन् ।
त्यसैले निर्धारित स्थायी समितिको औपचारिक बैठकमा भट्टराई पक्ष अनुपस्थित भएपछि स्थायी समितिको बैठक स्थगित गरेर अनौपचारिक बैठक राखिएको थियो । सो बैठकमा पद स्वीकार्न गरिएको आग्रह भट्टराई पक्षले अस्वीकार गरेको हो ।
समाचार अनुसार दाहाल निवास लाजिम्पाटमा बसेको बैठकमा नेताहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजानु पर्नेमा भने जोड दिएका थिए ।
बैठकमा प्रचण्ड पक्षीय नेताहरुले भट्टराई पक्षले पार्टीले बनाएको ८ बुँदे विधि उल्लंघन गर्दै समानान्तर कमिटीहरु बनाएको भन्दै आपत्ति जनाएका थिए ।
त्यस्तै भट्टराई पक्षीय नेताहरुले संस्थापन पक्षले पेलेको र फरक मतलाई स्थान नखिएकाले यो परिणम आएको आरोप लगाएका छन् ।
आपसी कटुता कायमै रहे पनि नेताहरुले पार्टीको कार्यदिशा, कार्यनीतिमा एकरुपता दिएर अघि बढ्नुपर्ने बताउँदै अधिकतम प्रगतिशील संविधान बनाउन लचिलो भएर अघि बढ्नेबारे छलफल भएको बताइएको छ ।
- See more at: http://www.nepaljapan.com/2014/07/06/120011/#sthash.DLFAq2qC.dpuf
