४४ सेकेण्ड खेलेका किपरले नेदरल्याण्ड्सलाई सेमीफाइनलमा पुर्याए
काठमाडौं, असार २२ - कोष्टारिकालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै नेदरल्याण्ड्स विश्वकप फुटबलको सेमिफाईनलमा पुगेको छ ।
अतिरिक्त समयको पनि इन्जुरी समयमा मैदान छिरेका किपर टिम क्रुलले २ वटा पेनाल्टी बचाएपछि डच टोली अन्तिम चारमा पुग्यो । क्रुलले कोष्टारिकाका ब्रायन रुइज र माइकल युमानको प्रहार बचाए ।
यो विश्वकपपछि इंग्लिस क्लव म्यानचेष्टर युनाइटेडको प्रशिक्षक बन्न लागेका लुइस भान गालले नियमित गोलकिपर जस्पर सिलिसेनलाई हटाएर टिम क्रुललाई पोष्टको जिम्मा दिएका थिए । र, उनको यो निर्णय नै सही सावित भयो । क्रुलले पोष्टको जिम्मेवारी सम्हालेको ४४ सेकेण्डपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । प्रिक्वाटर फाइनलमा ग्रीसलाई पेनाल्टी सुटआउटमा हराएको कोष्टारिका क्वाटरफाइनलमा भने नेदरल्याण्डसँग पराजित भयो ।

नेदरल्याण्डसले पेनाल्टी सुटआउटमा खेल जितेको यो पहिलो अवसर हो । यसअघिका विश्वकपका ४ खेलमा नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमा पराजित भएको थियो । निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समयमा पनि कुनै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । ६७ प्रतिशत बल नियन्त्रणमा राखेको नेदरल्याण्ड्सले कोष्टारिकाको पोष्टमा २० वटा प्रहार गरेको थियो ।
कोष्टारिकाले भने डच पोष्टमा ६ पटक मात्रै आक्रमण ग¥यो । नेदरल्याण्डका वेस्ले स्नाइडरले ८२ औं र १ सय १९ औं मिनेटमा गरेका २ वटा प्रहार पोलमा लागेर फर्केका थिए । यस्तै रोबिन भान पर्सिका केही प्रहार पनि कोष्टारिकाका किपरले बचाए । तर पेनाल्टीमा भने कोस्टारिकाका किपरले त्यस्तो चमत्कार गर्न सकेनन र उनको टिम बाहिरियो ।