राजधानीमा फुटबल हेर्न जम्मा भएका कोष्टारिकाका तीन समर्थकमाथि चक्कु प्रहार
राजधानीमा फुटबल हेर्न जम्मा भएका कोष्टारिकाका तीन समर्थकमाथि चक्कु प्रहार भएको छ । विश्वकप फुटबलको क्वाटरफाइनलमा नेदरल्याण्ड विरुद्धको खेल गर्न हजारौं समर्थक राजधानीमा जम्मा भएका थिए ।

ठूलो स्क्रिनमा फुटबल हेरिएका मध्ये तीन युवकलाई चक्कु प्रहार भएको छ । प्रहरीको टोली पुग्दा तीन युवक रगतको आहलमा डुबेका थिए, एकको पछाडि ठूलो चक्कु नै गाडिएको थियो ।
ब्राजिलमा भएको विश्वकपमा डार्कहर्सका रुपमा उदाएको कोष्टारिका टाइब्रेकरमा नेदरल्याण्डसँग ४-३ ले पराजित हुँदै घर फर्किएको छ ।
पूर्व च्याम्पियन उरुग्वे, इटलीलाई हराएको कोष्टारिकाले समूह चरणको अन्तिम खेलमा इङ्ल्याण्डसँग बराबरी खेलेको थियो । प्रि-क्वाटरफाइनलमा ग्रिसलाई हराएको थियो ।
कोष्टारिकाका ब्रायन रियुजले विश्वलाई आश्चर्यमा पार्न आफू सफल भएका बताएका छन् । खेलपछि उनले भनेका छन्-’हामीले विश्वकपमा हरेनौं । पेनाल्टी भाग्य हो । उनीहरुको किपर निकै राम्रो थियो ।’ उनले अघि भने-’मलाई निकै गर्व लागेको छ कि हामीले विश्वलाई आश्चर्यमा पार्यौं । हामी हाम्रो शिर ठाडो पारेर घर फर्कदैछौं ।’
