वामदेवका कारण ओली पराजित हुने अवस्थामा माधव नेपालले अध्यक्षको बाजी मार्ने

वामदेवका कारण ओली पराजित हुने अवस्थामा माधव नेपालले अध्यक्षको बाजी मार्ने
समाचार
0
काठमाडौं। एमालेको जारी नवौँ महाधिवेशनको बन्दसत्र जारी रहेको छ। बन्दसत्रमा प्रतिनिधिहरुले नेतृत्वको कटु आलोचना गरेका छन्। यो समाचार तयार पार्दासम्मको स्थितिलाई हेर्दा अध्यक्ष पदमा माधव नेपालले बाजी मार्नुहुने संभावना रहेको जानकारहरुले बताएका छन्। कार्य समिति सर्बसम्मत बनाउन भित्रभित्रै बार्ता चलिरहेको बताइएको छ। कतिपयले गृहमन्त्रि वामदेव गौतमको दमनकारी नीतिका कारण ओली पक्ष पराजित हुने चर्चा गरेका छन्। हिजोको बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा राजनीतिक क्रान्तिको नेतृत्व गर्न एमाले सफल भएकाले अब आर्थिक समृद्धि हासिलगर्ने र देशलाई अगाडि बढाउने नेताका रूपमा विकासगर्न जोड दिनुपर्ने उल्लेख छ। सो प्रतिवेदन गत शुक्रबारको बन्दसत्रमा टेबुल भएको थियो। राजनीतिक प्रतिवेदन प्रस्तुत भइसकेपछि महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र सचिव युवराज ज्ञवालीलेे विधान संशोधन प्रस्ताव प्रस्तुत भएको थियो। जनताको बहुदलीय जनवाद (जबज) को रक्षा, प्रयोग र विकासका मान्यतालाई आत्मसात्गर्दै केन्द्रीय कमिटीका सर्वसम्मतिले पारितगरेको प्रतिवेदनलाई गत शनिबार भएको बन्दसत्रमा अध्यक्ष खनालले व्याख्यासहित प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा राजनीतिक क्रान्तिको नेतृत्व गर्ने कार्य पूरा भएकाले अब आर्थिक समृद्धि हासिलगर्न देशलाई अगाडि बढाउने नेताका रूपमा पार्टीलाई विकासगर्न जोड दिइएको छ। ‘पार्टीका सामु राष्ट्रिय हित र जनताको सुखसमृद्धिलाई केन्द्रभागमा राख्दै सामन्ती अवशेषलाई समाप्तपार्ने, प्रगतिशील उत्पादक शक्तिको तीव्रताका साथ विकासगर्ने, आर्थिक विकासलाई केन्द्रविन्दुमा राखेर राष्ट्रलाई अघिबढाउने र मुलुकलाई समुन्नति तथा समृद्धिको दिशातिर छिटो छिटो अग्रसर गराउने कार्यभार छन्– प्रतिवेदनमा भनिएको छ। त्यस्तै जबजलाई मार्गदर्शक सिद्धान्तको रुपमा अवलम्बन गरिएकाले त्यसअनुसरा समाजवाद लोकतान्त्रिक विधिभित्रै रहेर निर्माण हुने तथा समाजवादको पनि राजनीतिक व्यवस्था आधारभूतरुपले लोकतान्त्रिक गणतन्त्रनै हुने उल्लेख छ।  प्रतिवेदनमा भनिएको छ–लोकतान्त्रिक गणतन्त्रलाई स्वच्छन्द पुँजीवादको विकासतर्फ अगाडि बढाउन चाहने बुर्जुवावर्ग र लोकतान्त्रिक गणतन्त्रको आर्थिक–सामाजिक तथा साँस्कृतिक ढाँचा विकास गर्दै समाजवादतर्फ जाने श्रमजीवीवर्गबीचमा अन्तरविरोध चर्किदैगई समाजवादसम्मको ढोका खुलेको छ। महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र विधान संशोधनको प्रतिवेदन पेश भएपछि प्रतिवेदनमाथि समूहगतरुपमा छलफल थालिएको छ। अध्यक्ष पदका दाबेदार माधवकुमार नेपाल र केपी शर्मा ओलीबीच प्रतिनिधि मनोनयबारे विवाद भएको थियो। एमालेको बैठकमा आचार संहिता र अनुशासनका बुँदाहरु तयगरिए पनि गुटबन्दी र आपसी आरोप प्रत्यारोप भैरहेको जानकारहरुको भनाई छ।

,

news and entertainment