कि दाइजो लेरा कि विष खा भन्दै श्रीमानले बिष कोच्याए
सुनसरीको प्रकाशपुर ५ की १७ वर्षीया कविता दासलाई आइतबार उनका पति डम्बर दासले विष खुवाएका छन् ।
विष सुवाएर अस्वस्थ भएकी कवि
ताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । माइतीबाट दाइजो नल्याएको भन्दै डम्बरले कवितालाई विष खुवाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुदीपराज भण्डारीले जानकारी दिए ।
दाइजोका निहुँमा दुबै हात समातेर डम्बरले विष खुवाएको पीडितको भनाई उर्दत गर्दै सुनसरीकी महिला अधिकारकर्मी मीना भण्डारीले बताईन । मीनाका अनुसार कवितालाई पतिसँगै ४ जना मिलेर यातना दिने गरेका थिए । प्रहरीका अनुसार डम्बरले दाइजोका कुरा झिकेर विवाह भएदेखि नै याताना दिने गरेका थिए । आइतबार भने जुम्रा मार्ने बिष ल्याएर जवर्जस्ती कोच्याएको प्रहरीले जनाएको छ । विष कोच्याउने डम्बर फरार छन्।
