ब्राजिलले जर्मनीसँग हार्ने पाँच कारण
आज नेपाली समयअनुसार राति १:४५ बजे ब्राजिल र जर्मनीबीच विश्वकपको सेमिफाइनल खेल हुँदैछ। बुधबार राति अर्जेन्टिना र नेदरल्यान्डसबीच सेमिफाइनल हुँदैछ। टाइम म्याग्जिनका अनुसार ब्राजिलले अपेक्षाअनुसार खेल्न सकेको छैन, त्यसैले आज सेमिफाइनलमा ब्राजिलले हार्ने सम्भावना छ।
टाइमले यसरी लेखेको छ ब्राजिलले जर्मनीसँग हार्ने पाँच कारण:
१. नेयमार छैनन्:
कोलम्बियासँगको खेलमा भर्टेब्रा फ्र्याक्चर भएपछि ब्राजिलका स्टार खेलाडी नेयमारले सेमिफाइनल खेल्ने छैनन्। नेयमारको बहिर्गमनसँगै ब्राजिलले खेलाडी त गुमाएकै छ, जितको आशा पनि गुमाएको छ। फेरि आफ्नै मुर्खताका कारण दुइटा पहेँलो खाएका क्याप्टेन थिएगो सिल्भाले पनि आजको सेमिफाइनलमा खेल्ने छैनन्।
२. ब्राजिलका स्ट्राइकरको लय छैन
फ्रेड। हल्क। जो। ब्राजिली खेलाडीहरुले एकल नामले चिनिन्छन्: पेले, रोनाल्डो, रोनाल्डिन्हो। तर, ब्राजिलका खेलाडीले धेरै गोल हान्न सकेका छैनन्। ब्राजिललाई लय आवश्यक छ। विलियम र रेमियार्सजस्ता खेलाडी मैदानमा आउनु आवश्यक छ।
३. ब्राजिली टिम ठीकठीकै मात्र छ
ब्राजिली टिम ठीकठीकैमात्र छ। यो कोलम्बियन टिमले भनेको हो। अहिले कुनै पनि टिम ब्राजिलसँग डराउँदैनन्। जर्मनी त झन् डराउने कुरै भएन।
४. ब्राजिल हारिएलाजसरी खेलिरहेको छ
इतिहासमै योपटकको ब्राजिल सबैभन्दा बढी दबाबमा छ। नेयमारको बहिर्गमनले ब्राजिललाई जर्मनीसँग हारको एउटा कारण दिएको छ।
५. जर्मनी कोलम्बिया होइन
जर्मनी मेक्सिको पनि होइन। ब्राजिलको खेलमा लय छैन। जर्मनीले त्यस्तो स्वतन्त्रता आजको सेमिफाइनलमा दिने छैन। फ्रान्ससँगको खेलमा जर्मनीले त्यो देखाइसकेको छ।
र, ब्राजिलले यसकारण जित्न सक्छ।
१. यो सेमिफाइनलसम्म पुगिसकेको छ
ब्राजिलले अहिलेसम्मका चार खेल जितिसकेको छ भने एक खेल बराबरी खेल्यो। कोलम्बियासँगको खेलमा कर्नर गोल र डेभिड लुइजको शानदार गोल सम्झनलायक छ।
२. जर्मनी कोलम्बिया होइन
जर्मन टिम कम प्रभावकारी देखिएको छ। पोर्चुगलसँगको सुरु खेलयता जर्मन टिम कमजोर देखिँदै आएको छ।
३. यो विश्वकप हो र ब्राजिलमै भइरहेको छ
ब्राजिलले जितको सवारीमात्र चढ्नु छ। घरेलु दर्शकको अपार समर्थन ब्राजिलले पाएको छ।
