नेदरल्याण्डका रोबेनमाथि अनुसन्धान गर्न फिफाको निर्देशन


विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष सेप ब्लाटरले नेदरल्याण्डका स्ट्राइकर आर्जेन राबेनको व्यवहार र रेफ्रीलाई झुक्याउन गरेको नाटकीय ड्राइभ विरुद्ध अनुसन्धान गर्न निर्देशन दिएका छन् । प्रतियोगिताअन्तर्गत मेक्सिकोविरुद्धको प्रि क्वाटरफाइनलमा रोबेन नाटक गर्दै दुईपटक पेनाल्टीका लागि डि बक्समा लडेका थिए । जसमध्ये रोबेन एकमा सफल भए । नयाँ पत्रिका दैनिकमा समाचार छ।
खेलको इन्जुरी समयमा चौथो मिनेटमा मेक्सिकाको डि बक्समा लडे। पोर्चुगलका रेफ्री पेड्रो प्रानेसाले पेनाल्टी प्रहार गर्ने अवसर दिए।
खेललाई प्रभाव पार्न र फोहोरी उद्धेश्यका साथ फुटबल मैदानमा क्रियाकलाप गरेको आरोप जनाउँदै फिफा अध्यक्ष ब्लाटरले अनुसन्धान कमिटिलाई अनुसन्धान गर्न निर्दैशन दिएका हुन । यसैबीच रोवेनले मेक्सिकोविरुद्धको खेलमा जानाजान लडेको भन्दै माफी मागेका छन् ।
उनले दुई पटक पेनाल्टीका लागि  डि बक्समा जानाजान लडेको जानकारी दिएका छन् ।
'पहिलो हाफ र दोस्रा पहाफमा म लडेको थिएँ । खेल चलिरहदाँ नेदरल्याण्डलाई जिताउनुपर्ने मात्र ध्यान गइरह्यो । यस क्रममा रेफ्रीलाई झुक्याउन  पनि कोसिस गरे,' नेदरल्याण्डको टेलिभिजनसँग कुराकानी गर्दे रोवेनले भने 'त्यसलाई मेरो मुर्खता भन्दा पनि हुन्छ।' रोवेनले नेदरल्याण्डलाई दिएको पेनाल्टी अवसर सही निर्णय नभएको स्विकारेका छन् । 'वास्तवमा म पहिलोपटक लड्दा पेनाल्टीचाहिँ थियो, दोस्रो पटकमा भने पेनाल्टी थिएन,' उनले भने 'यसका लागि माफी चाहन्छु ।'

, ,

news and entertainment