उदयपुरमा झगडा छुट्टाउन गएकी महिलाको हत्या, भाग्दा भाग्दै तीन युवा पक्राउ
उदयपुर, आषाढ १८ । उदयपुरको बेल्टार नगरपालिका वडा नम्बर ५ मा गएराति स्थानीय युवाहरुबीचको झगडाको क्रममा एक महिलाको हत्या भएको छ । झगडा छुट्याउन गएकी स्थानीय ४५ वर्षीया लक्ष्मी थापालाई एक समूहले घनले हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सवेन गरी एउटा मोटरसाइकलमा आएका तीन जना युवाहरुले रेखबहादुर कटुवाल र रमेश थापालाई कुटपीट गर्नसुरु गरेपछि लक्ष्मी थापा झगडा छुटाउन गएकी थिइन् ।
फलामकै घनले टाउकोमा लागेका रेखबहादुर कटुवालको पनि गम्भीर अवस्थामा भारतको सिलगुडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आक्रमण गर्ने युवाहरु रत्नबहादुर मगर, बुद्धिमान दाहाल र गणेश श्रेष्ठलाई भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
