गृहमन्त्रि गौतम र आईजीपी अर्यालबिचको द्धन्द्ध उत्कर्षमा


upendra
रवि धामी
काठमाण्डौ -उप प्रधान तथा गृहमन्त्रि वामदेव गौतम र नेपाल प्रहरीका महानिरीक्षक आईजीपी उपेन्द्रकान्त अर्यालबिचको द्धन्द्ध उत्कर्षमा पुगेको छ ।
नेपाल प्रहरीमा रोकिएको एआईजी बढुवा प्रकरणमा यि दुई शक्ति एकसाथ अगाडि बढ्नु पर्नेमा अहिले मन्त्रालयको समग्र नेतृत्व गरिरहेका गौतम र प्रहरी संगठनको नेतृत्व गरि रहेका अर्यालबिच बढेको द्धन्द्धले सिंगो सुरक्षा निकायमा निरासा पैदा गरेको छ । उप प्रधान तथा गृहमन्त्रि गौतम निकट स्रोतका अनुसार आइृजीपी अर्यालले आफुखुशी नेपाल प्रहरीको डिआईजीसम्मको सरुवा गर्न पाउनु पर्ने आशयसहितको लबिगं प्रधानमन्त्रि सुशिल कोईरालासम्म पुर्याएपछि गौतम यति बेला रिसाएका छन । अहिले कानुनमा एसपीसम्मको सरुवा अधिकार पाएका आईजीपीले चेनअफ कमाण्ड बलियो बनाउन डिआईजीसम्मको सरुवा अधिकार मागेपछि गौतम क्रद्ध बनेका हुन । एक त आफुसंग सल्लाह नगर्नु आर्को मेरै अधिकार खोसेर लिने हिक्मत गरेको आईजीपीलाई मौका परे लतार्ने रणनितीमा मन्त्रि पुग्नु भएको छ, गौतम निकट स्रोतले भन्यो ।
घटनाको आर्केा कारण छ गौतमले रुचाएका डिआईजी सुरेन्द्र शाहलाई महानगरिय आयुक्तको कार्यालय लैजानु पर्नेमा आईजीपीले आफुले रुचाएका विज्ञानराज शर्मालाई त्यहां पुर्याएपछि स्थित जmन जटिल बनेको छ । आफ्नै भतिजा वामदेव गौतम हाल डिएसपी जो दरबारमार्गको ईन्सपेक्टर हुंदा तत्कालिन प्रधानमन्त्रि माधवकुमार नेपाल र गृहमन्त्रि भीम रावलको योजनामा योजनाकार तत्कालिन महानगरिय प्रहरी टफिक महाशाखा प्रमुखा विज्ञानराज शर्माले नराम्रो ढंगले कार्वाही गरेका थिए । उनलाई नै आईजीपीले काखि च्यापेर आयुक्त कार्यालयमा पुर्याएपछि गृहमन्त्रि गौतम र आईजीपी अर्यालबिचको पुरानो द्धन्द्ध फेरी सतहमा आउने खतरा देखिएको छ।
जानकारहरुका अनुसार गौतम र अर्यालको पुस्तेनि द्धन्द्ध छ । तत्कालिन आईजीपी अच्युतकृष्ण खरेलसंग जोडिएको सो द्धन्द्धलाई समग्र सुरक्षा विश्लेषकहरुले नजिकबाट नियाली रहेका छन । सुर्य र चन्द्रमा एकैसाथ कसरी देख्न सकिन्छ, हुदै नहुने कुराले असर गरेको छ पुरानो द्धन्द्धलाई नजिकबाट नियालेका एक पुर्व सुरक्षाअधिकारीले भने । ०५४ सालमा पहिलो पटक गृहमन्त्रि बनेका वामदेव गौतमले तत्कालिन आईजीपी अच्युतकृष्ण खरेललाई पदच्युतगरि धुर्वबहादुर प्रधानलाई आईजीपी बनाएका थिए । नेपाल प्रहरीको ईतिहासमा त्यतिबेलादेखि नै उथलपुथल भएको दाबी गरिन्छ । त्यतिबेलाका आईजीपीलाई अनुसन्धान विभागमा र उनका पिएलाई त्यति बेलाको दुुर्गम र असजिलो मानिने रोल्पा रुकुमतिर सरुवा गरिएको थियो ।
तेस्रो कुरा वर्तमान आईजीसंग रुष्ट हुने प्रहरी अधिकारीहरुको संख्या पनिवस्थामा कम छैन । आफु अनुकुलका प्रहरी अधिकारीहरुलाई अनुकुल हुनेगरि सरुवाको मापदण्ड लागु गरेको तथा उपल्ला स्तरका कार्यालय प्रमुखहरु हुदा हुदैपनि निमित्तको भरमा विभागहरु चलाएको भन्दै गौतको दरबारमा दर्जनौ उजुरीहरु परेका छन तिनमा धेरै सत्यता पनि छन । त्यसैका कारण आईजीपी अप्ठेरोमा देखिन्छन । त्यहि असन्तसष्ट समुहले गृहमन्त्रिसंग बलेको आगोमा घिउ थप्ने काम गरेको छ । र गृहमन्त्रिलाई उस्काउने काम गरि रहेको छ अहिलेको सबै दोष आईजीपी उपेन्द्रकान्त अर्यालको होईन भनेर आईजीपी अर्यालले आफ्नो गुण र दोष छुट्याउने बेला भईसक्यो समयमै पहल गरौ । सुगम र दुर्गम र दुर्गमलाई सुगमको नारा कार्यान्व्यन गरौ होईन भने आफैले आफैले खनेको खाल्टोमा आफै कतिबेला जाकिने हो आफैलाई पत्तो हुने छैन्र ।
http://muldharnews.com

,

news and entertainment