गाडिका सहचालक र ट्राफिक प्रहरीबीच घमासान ( फोटो सहित )
भनिन्छ ट्राफिक प्रहरी र सार्वजनिक यातायातका चालक–सहचालकबीच ग्रह मिल्दैन । ग्रह नमिलेरै होला बेला बखत सडकमा अनौठा दृश्य देखिन्छन् । शुक्रबार दिउसो १२ बजे काठमाडौंको चावाहिल चोकमा यस्तै अनौठो दृश्य देखियो ।
कोटेश्वर हुँदै बालाजु बसर्पाक तिर जाँदै गरेको बा ३ ख १६४७ नम्बरको अशोक विनायक यातायात लेखिएको सार्वजनिक बस, यात्रु झार्ने र चढाउने ठाँउभन्दा अलि अगाडि घुम्तिमा के रोकिएको थियो, गाडिका सहचालक मनोज न्यौपाने र ट्राफिक प्रहरी निर्मल आचार्यबीच घमासान परिहाल्यो ।
सहचालक मनोजले प्रहरी निर्मलको टाई तान्न थाले भने निर्मलले मनोजको स्यान्डो । वरीपरी रमिता हेर्नेको भिड पनि बाक्लिदै गयो । तानातान करिब ५ मिनेट चल्यो । पछि निर्मलको सहयोगका लागि अरु प्रहरी पनि पुगेपछि उनले सहचालक न्यौपालेलाई घिच्याउँदै चावाहिल चोक सम्म ल्याए ।
प्रहरीको सिआरभी भ्यान आएर गाडिका चालक अमृत खतिवडा र सहचालक न्यौपानेलाई महानगरीय प्रहरी प्रभाग गौशाला पुर्यायो । प्रहरीले सहचालक मनोजलाई प्रहरीमाथि आक्रमण गरेको भन्दै महानगरीय प्रहरी प्रभाग गौशालामा थुनामा राखेको छ ।
के थियो कारण ?
गाडी रोक्नुपर्ने ठाँउमा नरोकेको भन्दै ट्राफिक प्रहरी आर्चायले चिट काट्न मात्र के खोजेका थिए, दुबै पक्षबीच भनाभन भयो । हुदाँहुदै दुबै पक्षले एकआपसमा तानातान गर्न थाले ।
गाडी रोक्नुपर्ने ठाँउमा नरोकेको भन्दै ट्राफिक प्रहरी आर्चायले चिट काट्न मात्र के खोजेका थिए, दुबै पक्षबीच भनाभन भयो । हुदाँहुदै दुबै पक्षले एकआपसमा तानातान गर्न थाले ।
सहचालक न्यौपानेलाई तान्दै प्रहरी भ्यान नजिक पु¥याएपछि आधाजसो यात्रुहरुको भिडले ट्राफिकको गल्ती भन्दै कार्वाहीको माग गरे । रमितको चाप बढ्न थालेपछि प्रहरीको सिआरभी भ्यानले मान्छे समातेर कुदिहाल्यो ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशालाका प्रमूख इन्सपेक्टर शुकदेव खनाल भन्छन्–ट्राफिक नियम लागु गराउन प्रहरीलाई साह्रै सास्ती छ । एक–दुई जना मान्छे बाटोमा देख्नेबित्तिकै जहाँ पायो त्यही गाडी रोकेर यात्रु तान्न जान्छन् ।’
उनले भने, ‘रोक्नका लागि छुट्टाइएको बस पकेटमा नरोकेर अन्य ठाँउमा बस रोक्ने गर्दा समस्या उत्पन्न हुन्छ । महिनामा एक–दुई ओटा यस किसिमका घटना घट्ने उनले बताए ।’
www.nepalsandesh.com
