युवतीको अश्लिल फोटो खिची फेसबुकमा राख्ने पक्राउ

फेसबुकमार्फत चिनिएको केटी साथीको अश्लिल फोटो खिचेर सामाजिक संजाल फेसबुकमा पोस्ट गर्ने एक जनालाई पक्राउ गरेको छ ।


हेटौंडा कमाने ८ का निरज बाबा उपनामलले चिनिने निरजकुमार चौधरीलाई पक्राउ गरिएको सिआइबीका एसपी तारणीप्रसाद लम्सालले जानकारी दिए।

सिआइबीले उनलाई हेटौंडाको बुद्धचोकबाट पक्राउ गरि काठमाडौं ल्याएको हो। उनी साउदी अरवमा बस्दा खेरि नै काठमाडौंमा एक युवतीसँग फेसबुकमार्फत चिनजान भएको थियो ।
पछि साउदीबाट काम छाडेर आएपछि युवतीसँग उनको हिमचिम बढेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

पछि चौधरीले काठमाडौंको एक रेष्टुरेन्टमा लगेर नशालु पदार्थ खुवाई ती युवतीको अश्लिल फोटो खिचेको सिआइबीले जनाएको छ।

अश्लिल फोटो सामाजिक संजालमा पोस्ट गर्ने, युवतीका आफन्त र साथीहरुलाई पठाउने काम उनले गरेका थिए।

अश्लिल फोटो खिचेर उनले युवतीलाई यौन सम्पर्कका लागि दबाब दिनेसमेत गरेको प्रहरीले बताएको छ।

अपराधिक मनोबृत्तिका व्यक्तिहरुले सामाजिक संजालको दुरुपयोग गरि विभिन्न माध्यमबाट व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित कृयाकलापमार्फत मानसिक पीडा दिई समाजमा भ्रमपूर्ण नकारात्मक सन्देश फैल्याउने भन्दै सिआइबीले व्यक्तिगत छवि तथा पारिवारीक सम्बन्ध समेत धमिल्याउन खोज्नेलाइ पक्राउ गरिएको जनाएको छ।

उनलाइ विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य जारी रहेको छ । यस्तो गतिविधीमा संलग्न व्यक्तिलाई १ लाख रूपैया सम्म जरिवाना वा ५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

सेतोपाटी

,

news and entertainment