चरी'का आफन्तले सर्वोच्चमा मुद्दा हाले
दिनेश अधिकारी 'चरी'का आफन्तहरुले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा हालेका छन्। चरीको षडयन्त्रर्पूवक हत्या गरेको भन्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेको दाजु ध्रुव अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
भाइ हत्याका विरुद्ध हनुमानढोका प्रहरीले जाहेरी नलिएको र आफूहरुलाई अन्याय भएको भन्दै अदालतमा मुद्दा दायर गरेको उनले बताए। रिटमा भाई हत्यामा सम्लग्न भएकाहरुलाई कारबाही र जाहेरी लिन हनुमानढोका प्रहरीलाई आदेश दिन माग गरिएको छ ।
चरी हत्या विरुद्ध प्रहरीले जाहेरी नलिएपछि उनीहरुले अदालतको ढोका ढक्ढक्याएका हुन्। काठमाडौं प्रहरी प्रमुख उत्तमकुमार कार्की,अपराध अनुसन्धान महाशाखाका एसएसपी पुष्कर कार्की, डिएसपी मिरा चौधरी इन्सपेक्टर कुमुद ढुंगेल र अपर्ण कोइरालाविरुद्ध उनीहरुले मुद्दा हालेका हुन।
कोइराला चरी प्रेमिका खुश्वुका पूर्व प्रेमी हुन् । चरी गत साउन २१ गते प्रहरीको गोली लागि मारिएका थिए।मुद्दाको आगामी सोमवार पेशी तोकिएको छ ।
