के छ चरीको पोस्टमार्टम रिपोर्टमा
प्रहरी इनकाउन्टरमा मारिएका डन दिनेश अधिकारी चरीको शरीरमा सात गोली लागेको पाइएको छ। घटनाको १० दिनपछि त्रिवि शिक्षण अस्पतालमा शनिबार पोस्टमार्टम गरिदाँ चरीको शरीरमा सात गोली लागेको पाइएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
पोस्टमार्टमको रिर्पोट अनुसार छाती र पेटको बीच भागमा लागेका सातमध्ये ६ गोली ढाड छेडेर बाहिर निस्केका थिए भने एक गोली शरीरभित्रै अड्किएको थियो। अस्पतालका फरेन्सिक विभाग प्रमुख डाक्टर हरिहर वस्तीका अनुसार गोली नै उनको पोस्टमार्टममा देखिएको छ ।
पक्राउ गरेर हत्या गरिएकोजस्तो कुनै प्रमाण नभेटिएको उनले बताए । गोलीले चरीको छाती तथा पेटमा रहेका मुटु, फोक्सो, कलेजोजस्ता सबै महत्वपूर्ण अंग क्षतविक्षत गराएको डाक्टर वस्तीले बताए। पोस्टमार्टम भए पनि आफन्तले चरीको शव बुझेका छैनन्। आठ महिनाअघि देखि वान्टेडमा रहेका चरी २१ साउनमा मारिएका हुन्।