हेराउने भन्दै खरेलको यौन धन्दा !! प्रहरी प्रशासन र नेताको धम्की !!


काठमाडौं । हात हेराउने निहुँमा विभिन्न महिलाहरुलाई अनैतिक सम्बन्ध राख्ने कथित ज्योतिष हरि खरेलका कर्कुतहरु एकपछि अर्को प्रदाफास हुँदै गएको छ । बाबुको ज्योतिष पेशाबाट सामान्य जानकारी राखी ज्योतिष पेशा भित्र रमाएका खरेल सबैजसो ठुला राजनीतिक दलका नेता, प्रहरी प्रशासन आफ्नो मुठ्ठीमा भएको भन्दै जबरजस्ती यौनमा सम्लग्न बनाएका महिलाहरुलाई धम्की दिन थालेका छन् ।

उनले गरेका अनैतिक क्रियाकलापहरु अभियान टाइम्स साप्ताहिक, न्युज अभियान डटकम लगायतले प्रर्दाफास गरेपछि उनले विभिन्न तन्त्रमन्त्र गरि पत्रकारलाई नै ठिक पार्ने भन्दै विभिन्न शक्ति केन्द्रहरु धाउन थालेको समाचार प्राप्त भएको छ । दर्जनौ महिलालाई माङ्गलिक ग्रह कटाउन आफु लगायत अन्यसँग भोग गर्नुपर्छ भन्दै अनैतिक क्रियाकलाप गराउन वाध्य गराउने कथित ज्योतिष खरेलले कांग्रेसबाट सरकारमा सहभागी भएका एक मन्त्रीको नाम लिएर अभियान टाइम्सका प्रतिनिधिलाई तर्साउने प्रयत्न गर्दै आएका छन् । त्यसो त उनले एमाओवादीका केन्द्रिय नेता, भर्खेरै बढुवा भएका नेपाल प्रहरीका एआईजी, एसएसपी, काठमाडौं जिल्ला प्रशासन कार्यालयका सिडियो लगायतको नाम लिएर आफ्ना कर्तुतहरु ढाकछोप गर्ने असफल प्रयास समेत गर्दै आएका छन् । ज्योतिषमा आस्था राख्ने सर्वसाधरणहरु माथि खरेलले गरेको लुटमा एकाएक संचार माध्यमले समाचार बनाएपछि उनी तिलमिलाएर नेता, प्रहरी प्रशासनको गुहार गरेको प्रष्टै हुन्छ । यता, पिडित महिलाहरु भने खरेललाई जुनसुकै अवस्थामा पनि कानुनी कठघरामा उभ्याएर सजाय दिलाउनुपर्ने माग राखेका छन् । ज्योतिषहरुको गेरु वस्त्रलाई नै विश्वास गर्दा आम सर्वसाधरणहरु ठगिने क्रम रोकिएको छैन् । व्यस्त राजधानीको उपत्यका भित्र अर्काको ग्रह, दशा हेरेर करोडपति भएका उदाहरणहरु हामी सामु सामान्य बन्दै गएको बेला ग्रह दशाको निउँ पारी हरि खरेलले यौन कार्य गर्न लगाए पछि यस्तो कुरा पर्दाफास भएको हो ।

आफुलाई ठुलो ज्योतिष गुरु बताउने खरेलको धन्दा चिना, ग्रह र हात हेर्ने भनी आउने युवतीलाई विभिन्न बहानामा आफ्नो पंजामा पार्ने नै हो । उनले नक्कली डाक्टरको उपाधी समेत लिएर आम सर्वसाधरण माथि रजाई गर्दै आएका छन् । २ श्रीमतीका श्रीमान खरेलले ३ वर्ष अगाडि एक विवाहित महिलालाई ग्रह, दशा हेर्र्ने क्रममा तपाईको सौता पर्ने माङ्गलिक ग्रह छ यदि दोष कटाउने हो भने म ठीक पार्छु भनेपछि ति महिला त्यहाँबाट एकाएक भागेकी थिइन । आफुुसँग करोडांैको गाडी भएकोले काठमाडौं भन्दा बाहिर लगेर युवतीहरुलाई उनले यौन धन्दामा सम्लग्न गराउन बाध्य गराउने गरेको अर्की एक युवती नाम परिवर्तन सविना (२४ वर्ष) लगायतको समुहले आँट गरेपछि खरेलका चर्तिकलाहरु नाङ्गिएका हुन् । त्यसो त हिन्दु धर्मसँग सम्बन्धित सिद्धाश्रम शक्ति केन्द्र लगायतका संघ संस्थाले खरेलका बारेमा लामो समय देखि अनुसन्धान गर्दै आएको संस्थाका एक अगुवाले बताए । कथाकथित ज्योतिष खरेलले प्रचार गर्न राखेको होडिङ वोर्डमा कम उमेरमै मुलुक भित्र र बाहिर समेत प्रसिद्धी कमाउनु भएको भनेका छन् ।

सयौं संघ संस्थाले सम्मान गरेको समेत वोर्डमै उल्लेख छ । नेपाल, भारत लगायतका मुलुकका ख्याती प्राप्त नायक नायिका, गायक, गायीका, राजनेता, व्यापारीहरुको नाम जोडी सर्वसाधरणहरु सँग विभिन्न वाहानामा ग्रह, दशाकै नामबाट रकम असुल्ने गरेको सर्वसाधरण पिडितहरुको भनाई छ ।
अभियान टाईम्सबाट

, , ,

news and entertainment