तेस्तै पोल खोल्ने हो भने म पनि कटुवाल स्तरमै झर्छु भनेर म बोलेको छैन !! प्रचण्ड

 काठमाडौँ, ५ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले रुकमाङ्गद कटवालको आत्मकथामा लेखिएका विषयलाई लिएर चर्को टिप्पणी गरेका छन् ।Prachanda

गणतन्त्र स्थापना भएपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन प्रधानसेनापति रहेका रुकमाङ्गद कटवाल बीचमा भएका कुराकानीका विषयमा कटवालले विवादित सामाग्री प्रस्तुत गरेको भन्दे आलोचना भइरहेका बेला अनलाइखबर सँग कुरा गर्दैै प्रचण्डले कटवालले आफूसँग भनेका कुरा त्यसरी लेख्ने हो भने सबैले आफूलाई समेत कटवाल जस्तै तल्लो स्तरको मान्छे भन्लान । म त्यो कुरा भन्द्नि । उसले त्यतिबेला मलाई तपाई हात्ति हो अरु सब कमिला हुन भन्थ्यो भन्दै भने ‘तपाईं हात्ती हो यो देशको अरु सब कमिला हुन भनेर हिड्थ्यो उसले मेरो अगाडि’

थाहालले कटवालले मैले उसलाई दाजु भनेर बोलाएको विषयलार्य अनुनय गरेर बोलाएको ठानेर पुस्तकमा जसरी लेखेका छन् त्यो गलत भन्दै पुरानो चिनजान भएकाले मात्र आफूले उसलाई दाजु भनेको समेत बताएका छन् ।

कुराकानीमा दाहालले कटवाललाई कतै तिमी त कतै त सम्बोधन गर्दै उसको सोच माओवादीलाई भुट्ने भएको तर आफूले भने सबैलाई मिलाएर नयाँ नेपाल निर्माण गर्ने सोच बनाएको समेत बताएका छन् ।

कुराकानीकै क्रममा दाहालले भनेका छन् ‘उसले भनेको कुरा अहिले मैले भन्ने हो भने मान्छेले म पनि कटुवाल स्तरमै झर्छु भनेर म बोलेको छैन ।’

www.npnews.net

, ,

news and entertainment