कमल थापालाइ पनि पाँच मिनेट समय !!मोदीलाई भेट्न पाउने !

कमल थापाले पाँच मिनेट मोदीलाई भेट्न पाउने

१९ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने समय पाएका छन् । तीन दलले सिन्डिकेट लगाएको भन्दै संसदमै मोदीलाई स्वागत गर्ने तयारीमा रहेका थापाको विद्रोहलाई साम्य पार्न सरकार र तीन दलका नेताले थापा र मोदीवीच भेटघाटको वातावरण बनाएका हुन् ।
अनलाइनखबरलाई प्राप्त जानकारीअनुसार सभासमुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीसँग सल्लाह गरेपछि भारतीय दूतावासले थापा र मोदीको भेटका लागि समय छुट्याएको हो । अध्यक्ष थापाले मोदीसँग भेट गर्ने समय पाँच मिनेट छुट्याइएको छ ।
दुई दिने भ्रमणमा आएका मोदीले आज सोमबार पशुपतिनाथको पूजाआजा सकेपछि सवा ११ बजेदेखि राष्ट्रपति डा. रामवरण यादवसँग भेट गर्नेछन् भने शीतलनिवासमै आयोजित दिवाभोजमा सहभागी हुनेछन् ।
दिउँसो सवा १ बजेदेखि मोदीले प्रमुख दलका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । यसक्रममा उनले एमाले अध्यक्ष केपीओली र त्यसपछि एमाओवादी अध्यक्ष प्रचण्डलाई आधा घण्टा बेग्लाबेग्लै भेट्ने छन् भने मधेसी नेताहरुलाई संयुक्तरुपमा ४५ मीनेट भेट गर्ने कार्यक्रम छ ।
दिउँसो ३ बजेदेखि करिब आधाघण्टा मोदीले उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो ४:२० मा पाटन दरबार स्क्वायर अवलोकन गरेपछि साढे पाँच बजे दिल्ली र्फकने कार्यक्रम छ ।
पहिले नै तय भइसकेका यिनै कार्यक्रमबाट समय निकालेर कमल थापाका लागि पाँच मिनेट छुट्याइएको स्रोतले अनलाइनखबरलाई बतायो ।
मोदीको दोस्रो दिनको कार्यतालिकाBy onlinekhabar

,

news and entertainment