परिक्षण गरिएको इबोलाको औषधीले काम गर्यो

काठमाडौं, भदौं ४ -  लाईबेरियामा गत साता परिक्षण गरिएको इबोला भाइरसविरुद्धको औषधीले संक्रमितमा सकरात्मक प्रभाव पारेको त्यहाँको सरकारले जनाएको छ Ebola Virus

अमेरिकाबाट लगिएको सो औषधी शुरुमा लाईबेरियाका इबोला संक्रमित ३ जना चिकित्सकमा परिक्षण गरिएको थियो । त्यहाँको सुचनामन्त्रीका अनुसार २ जना लाबेरियन र १ जना नाइजेरियाका चिकित्सकलाई सो औषधी परिक्षण गरिएकोमा उनीहरुमा केही सुधार देखिएको हो ।

अफ्रिकाको चार मुलुक, लाइबेरिया, गिनि, सियरा लियोन र नाइजेरियामा फैलिएको सो संक्रमणबाट हालसम्म १ हजार २ सय २९ जनाको मृत्यु भइसकेको छ । उपचार विधि पत्ता लागि नसकेको इबोलालाई विश्व स्वास्थ संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेको छ ।(एजेन्सी)


, ,

news and entertainment