सगरमाथाको देशलाई इबोलाले छुन सक्दैन : स्वास्थ्य मन्त्री

काठमाडौँ, ४ भदौ । स्वास्थ्य मन्त्री खगराज अधिकारीले अफ्रिकी मुलुकबाट फैलिएको इबोला भाइरसको कुनै भ्याक्सिन नबनेकाले यो विश्वभर चुनौतीका रुपमा फैलिएको बताएका छन् ।
Logo Khajaraj Adhakari
मन्त्री अधिकारीले यसको समस्या समाधानका लागि सरकारले अन्तराष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका क्षेत्रमा समेत सतर्ककता अपनाइएको बताए । मन्त्री अधिकारीले अन्तराष्ट्रिय विमानस्थलमा इबोला विरुद्ध अपनाइएको प्रक्रियाको बारे बताउदै भने ‘पश्चिम अफ्रिकी देश, नाइजेरिया, लाइबेरिया लगायतका देशबाट आउने नेपाली र विदेशी सबैलाई विमान स्थलको हेल्थ डेस्कमा चेक गरिन्छ । त्यहाँ अटोमेटिक तापक्रम थाहा पाउने मेसिन जडित छ ।’

त्यस्तै, मन्त्री अधिकारीले झापाको काँकडभिट्टामा समेत मंगलबार नै हेल्थ डेस्ट सञ्चालनमा आएको र पश्चिमका समेत सीमा नाकामा स्वास्थ्य सर्तकता अपनाइएको बताए ।

मन्त्री अधिकारीले इबोलालाई सकेसम्म नेपालमा छिर्न नदिने बताउदै सरकार इबोला विरुद्ध आम जनतालाई सचेत गराउन लागि परेको समेत बताए ।

मन्त्री अधिकारीले नेपालमा प्रारम्भमा प्राथमिकता साथ जाँच गरिएपनि पछि वेवस्था गर्ने भन्दै त्यसो नेपालमा इबोला भाइरसले प्रवेश पाउने आशंका गरे । मन्त्री अधिकारीले भने ‘हामीकहाँ सुरुमा धेरै चासो दिए पनि पछि निगरानी कम हुन सक्छ । त्यसमा धेरै ध्यान दिनुपर्छ ।’

मन्त्री अधिकारीले नेपालमा इबोला भाइरस सम्बन्धी विज्ञ नभएकाले त्यस्ता विज्ञको लागि विश्वस्वास्थ्य संगठनसँग आग्रह समेत गरेको बताउदै भने ‘नेपालमा इबोलासँग् सम्बन्धित विाज्ञ नभएकाले विश्व स्वास्थ्य संगठनसँगष् आग्रह गरेका छौँ । त्यहाँबाट सकारात्मक प्रतिक्रिया आएको छ ।

सगरमाथाको देशमा इबोला आउँदैन

मिडिया इन्टरनेशनलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश नेपालमा इबोला भाइरस आउन नसक्ने भन्दै व्यङग्य समेत गरे ।

मन्त्री अधिकारीले भने ‘अफ्रिकी मुलुकबाट फैलिएको इबोला भाइरस विश्को सर्वोच्च शिखर सगरमाथाको देशमा आउन सक्दैन आए पनि त्यत्तिबेला त्यसलाई नियन्त्राण गर्ने भ्याक्सिन बनि सकेको हुने छ ।’

नेपालमा इबोला आउनै सक्दैन : श्रीकृष्ण सिम्खडा

त्यस्तै, सोही पत्रकार सम्मेलनमा बोल्दै हास्यकलाकार श्रीकृष्ण सिम्खडाले नेपालमा इबोला भाइरस कुनै हातलमा आउन नसक्ने ठोकुवा गरे ।

साँच्चै नेपालमा इबोला आउदैन भनेर ठोकुवाका साथ तपाई कसरी भन्न सक्नु हुन्छ भन्ने प्रश्नमा सिम्खडाले आफूलाई त्यस्तो विश्वास लागेको बताउदै थप कुरा आफै बुझ्न पत्रकारलाई आग्रह गर्दै व्यङ्ग्य कसेका थिए

www.npnews.net

, ,

news and entertainment