काठमाडौंको डल्लुमा युवतीको घाँटी रेटेर हत्या
काठमाडौंको डल्लुमा एक युवतीको हत्या भएको छ। बिहानै घाँटी रेटेर घाइते बनाएको अवस्थामा प्रहरीले ती युवतीको उद्धार गरेको थियो।
डल्लु आवास क्षेत्रभित्रको ओरालो गल्लीमा भेटिए लगत्तै अस्पताल पुर्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। युवतीको सनाखत हुन सकेको छैन्।
ती युवती र एक युवक बिहान ५ बजेर ४ मिनेट जाँदा अंगालो मारेर हिडिरहेको दृश्य स्थानीयले टोल सुरक्षाका लागि राखेको सिसिटिभी देखिएको छ। प्रहरीले ती युवतीसँग अंगालो मारेर हिंड्ने युवकको खोजी भइरहेको जनाएको छ।
