गत ८ मार्चमा रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान MH370 सँग सम्बन्धित एक नयाँ कुरा बाहिर आएको छ । हराइरहेको विमानमा सवार रहेका चार यात्रीको बैंक अकाउण्टबाट ३२,४४,८३४ रुपिया गायब भएको छ । क्वालालम्पुरको एक बैंकमा रहेको हराइरहेका यात्रुको अकाउण्टमा १८ जुलाईमा गड्बढी आएको थाहा भएको छ । क्राइम इन्भेष्टिगेशन डिपार्टमेन्टका असिस्टेन्ट कमिस्नरले दिएको जानकारी अनुसार, पाँच महिना भन्दा बढी समयदेखि हराइरहेको विमानका यात्रुको खाताबाट निकालिएको बताइन्छ । आश्चर्यको कुरा चाहि के छ भने यस्तो समाचार सर्च टीमले हिन्द महासागरको ६० हजार वर्ग किलोमीटर गहिराईमा खोज गरिरहदा बाहिर आएको छ । रिपोर्टका अनुसार हराइरहेका ३ जान यात्रुको खाताबाट अर्का यात्रुको खातामा पैसा पठाई अकाउण्ट नै बन्द गरिएको जनाइएको छ । अहिले सुरक्षा अधिकारीहरु भने उक्त कुराको खोजीमा रहेको बताइएको छ । न्यू स्ट्रेट टाइम्सका अनुसार यसरी एउटा खाताबाट अर्को खातामा पैसा पठाउनको लागि छुट्टाछुट्टै एटीएम को प्रयोग गरिएको बताइन्छ
हराइरहेको मलेसियन विमानको नयाँ तथ्य सार्वजनिक, यात्रुको खाताबाट पैसा चोरी
news and entertainment
